नेकपाका कार्यकर्ताद्धारा धर्ना

प्रकाशित मिति:

बुटवल असार २१ । शिर्ष नेतालाई विधि र पद्धतिमा राख्न दवाव स्वरुप रुपन्देहीमा आइतवार नेकपाका युवा कार्यकर्ताले धर्ना दिएका छन् । केही व्यक्तीको व्यक्तिगत स्वार्थका कारण पार्टी एकता संकटमा परेको भन्दै उनीहरुले दवाव दिएका हुन् । नेकपा निकट अनेरास्ववियू र राष्ट्रिय युवा संघका नेताहरुले जिल्ला पार्टी कार्यालय रुपन्देहीमा धर्ना दिंदै एउटा व्यक्तिको हठका कारण पार्टीको एकता नै संकटमा परेको भन्दै नेताहरु सच्चिनुपर्ने माग गरेका छन् ।

व्यक्तिभन्दा पार्टी ठूलो हो, एउटा व्यक्तिको हठले पार्टीको अस्तित्व नै संकटमा पर्न सक्दैन, जस्ता प्लेकार्डसहित उनीहरुले शिर्ष नेताले विधिको पालना नगरेको प्रती आक्रोश व्यक्त गरे । धर्नामा सहभागी युवा–विद्यार्थीले पार्टीको संस्थागत निर्णय मान्न र आफ्ना कमजोरी सच्चाउन नेताहरुलाई खबरदारीसमेत गरेका छन् । उनीहरुले पार्टीभित्रको आन्तरिक बहसको विषयलाई लिएर सत्ता पक्ष नै सडकमा जानु लोकतन्त्रको उपहास भएको धारणा राखे । पार्टी विवादलाई सडकमा छताछुल्ल पार्दा त्यसले प्रतिक्रियावादीको सेवा गर्ने भन्दै उनीहरुले नेतृत्वलाई खबरदारी गरेका छन् ।