तिलोत्तमा तीनवर्षमा एकलाख बढी बृक्षारोपण

प्रकाशित मिति:

बुटवल, २१ असार । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले स्थानीय तहको निर्वाचन यताका तीन वर्षमा नगरभित्र एक लाख बढी बिरुवा रापेको छ । वातावरण संरक्षण र हरियाली प्रवद्र्धनका लागि ‘ग्रिन तिलोत्तमा,क्लिन तिलोत्तमा’को नारा अगाडि सारेको नगरपालिकाले पहिलो वर्ष ३३ हजार, दोस्रो वर्ष ४३ हजार बृक्षारोपण गरेको छ । चालु आर्थिक वर्षमा ५० हजार बिरुवा रोप्ने लक्ष्य छ । बृक्षारोपण र हरियाली प्रवद्र्धनका लागि नगरपालिकाले चालु वर्षमा ५५ लाख रुपैया वजेट छुट्टाएको थियो । चालु आर्थिक वर्षको वृहत बृक्षारोपण अन्तर्गत आइतबार वडा नं. ११ र १२ मा स्टोनिया जातका एक हजार बिरुवा रोपिएको छ ।

विश्व वातावरण दिवस र तिलोत्तमाका जनप्रतिनिधिले ३ वर्ष कार्यकाल पुरा गरेको अवसरमा तिलोत्तमा ११ को रोहिणी पुलदेखि वडा नंं १२ को मोहनाजोतसम्मको पक्की सडकको ६ किलोमिटर दुरीको दुबैतर्फ समुदायको सहभागितामा बृक्षारोपण गरिएको हो । नगर प्रमुख बासुदेव घिमिरेले नगरलाई हरियालीयुक्त, स्वच्छ र हराभरा बनाउने उद्देश्यले बृक्षारोपण र हरियाली प्रवद्र्धनलाई प्राथमिकता दिएको बताए । उनले पांच वर्षे कार्यकालमा नगरभित्र दुई लाख ५० हजार बिरुवा रोप्ने लक्ष्य रहेको बताए । ‘तीन वर्षमा एकलाख २५ हजार बिरुवा रोपिसकेका छौं, जसमध्ये ९० प्रतिशत भन्दा बढी बिरुवा संरक्षित भएर हुर्किसकेका छन्’–उनले भने–‘बांकी दुई वर्षको अन्त्यसम्ममा अढाई लाख पु¥याउछौं ।’ बृक्षारेपणसंगै संरक्षणमा समुदायलाई जागरुक र क्रियाशील बनाएका कारण तिलोत्तमा छोटो समयमै हरियालीयुक्त भइसकेको नगर प्रमुख घिमिरेको दावी छ । बृक्षारोपणलाई प्रवद्र्धन गर्न नगरपालिकाले विभिन्न जातका फलफूलका बिरुवामा नगरवासीलाई ५० प्रतिशत अनुदान दिने गरेको नगर उपप्रमुख जागेश्वरीदेवी चौधरीले बताइन् । नगरका १७ वटै वडामा हरेक वर्ष कम्तीमा १० हजारका दरले आंप,लिचि,कटहर,कागती लगायतका फलफुलका बिरुवा अनुदानमा वितरण गरेर रोपिने उपप्रमुख चौधरीले बताइन् । नगरपालिकाले विभिन्न पार्क, रोहिणी–मणिग्राम–तिनाउ बुद्ध परिपथ सडक र रोहिणी–मोहनाजोत चक्रपथ सडक खण्डको दाया बांया स्टोनिया जातको बिरुवा रापेको छ ।

बुटवल–बेलहिया ब्यापारिक मार्ग विस्तार आयोजनाले ६ लेन सडकमा गरेको बृक्षारोपणलाई नगरपालिकाले टोल विकास संस्थाको सहभागितामा संरक्षण गरेका कारण देशभरमै नमूना हराभरा बनेको छ । वातावरण संरक्षणमा नगरपालिकाले गरेका काम सराहनीय देखेर संयुक्त राष्ट्रसंघीय विकास परियोजना (यूएनडीपी) ले पनि नगरपालिकासंग सहकार्य गर्दै चालु आर्थिक वर्षको बृक्षारोपणका लागि एक लाख ५० हजार रुपैया अनुदान दिएको नगरपालिकाका वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक सुरेन्द्र श्रीले बताए । आइतबारको वृहत बृक्षारोपणमा जनउत्थान वचत तथा ऋण सहकारी संस्थाले ५० हजार लागत साझेदारी र नमूना एकीकृत विकास परिषदले पनि सहकार्य गरेको गरेको दुबै संस्थाकी अध्यक्ष ज्ञानु पौड्यालले बताइन् । वातावरण संरक्षणका लागि तिलोत्तमा नगरपालिकाले जन्मदिनमा बृक्षारोपण अभियान पनि सञ्चालन गरेको छ । नगरपालिकाका सबै जनप्रतिनिधि र कर्मचारीले आफ्नो जन्म दिनमा कम्तीमा एउटा बिरुवा अनिवार्य रोप्नुपर्ने नियम छ । नगरका राजनीतिक दलका नेता र कार्यकर्ताले समेत नगरपालिकाको अपीललाई अनुशरण गरेर जन्मदिनमा बृक्षारोपण गर्न थालेका नेपाली कांग्रेसका नगर सभापति हरिलाल पाण्डे बताउंछन् । ‘वातावरण संरक्षणको विषय कुनै एक दल वा सरकारको मात्रै विषय हैन,त्यसैले वातावरण संरक्षणका क्षेत्रमा नगरपालिकाले लिएका नीति र कार्यक्रम कार्यान्यन गर्न र सफल बनाउन हाम्रो सधैं साथ रहेको छ’–पाण्डे भन्छन् । नगरपालिकाले वातावरण स्वच्छ राख्न नगरलाई खुल्ला पोलिथिन मुक्त क्षेत्र र पूर्ण सरसफाइयुक्त नगर घोषित गरिसकेको छ । वातावरण संरक्षण र सरसफाईका क्षेत्रमा तिलोत्तमाबाट अन्य स्थानीय तहले सिक्नुपर्ने वातावरणविद् निपेश अधिकारी बताउंछन् ।