भीरकोट वासीहरुको लागि राहत रकम दिने क्रम जारी

प्रकाशित मिति:

चुत्र महत/कोरोना भाइरस कोभिड १९ का कारण प्रभावित भीरकोट वासीहरुको लागि राहत होस भनी विभिन्न संघसस्थाहरुले राहत रकम दिने क्रम जारी रहेको छ ।चिनको वुहान शहर वाट शुरु भएको कोरोना भाइरस कोभिड १९ विश्वभरी फैलिरहेको अवस्थामा नेपालमा पनि यस भाइरसको व्यापक संक्रमण वढेको छ । यस संक्रमण वाट वच्नको लागी नेपाल लक डाउन गरेको पनि झण्डै ४ महिना पुग्न लागेको छ । यस भाइरसको नियन्त्रण नहुन्जेल सम्म आम नागरीक सचेत भई लक डाउनको पालना गर्नुपर्ने अवस्था सिर्जना आइपरेको छ ।

कोविड १९ को रोकथाम र व्यवस्थापनको लागी भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने गरी लायन्स क्लव अफ वालिङ् सिटीका पूर्व अध्यक्ष समाजसेवी व्यवसायी चेतनारायण श्रेष्ठ द्धारा ५०० थान सर्जिकल माक्स र २४ पिस सेनीटाईजर नगर प्रमुख छायाराम खनाललाई प्रदान गरेका छन् ।
त्यसैगरी भीरकोट नगरपालिका वडा न १ निवासी समाजसेवी विष्णु कुमारी थापा खड्काले नगद रु २ हजार नगर प्रमुख छायाराम खनाललाई प्रदान गरेकी छन्

भरिकोट नगरपालिकाको राहत प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने स्वास्थ्य सामाग्री वुझ्दै प्रमुख खनालले कोविड १९ वाट अति प्रभावित भीरकोटवासीको समस्यालाई नगरपालिका एकले मात्र सामाधान गर्न नसक्ने हुदाँ अन्य संघ सस्था र मनकारी व्यक्तिहरुले आफु सक्य सहयोग गर्नुपर्ने भन्दै अवको चरणको राहत वितरण कार्यलाई रोजगारी संग जोड्ने वताए । नगरपालिकाको प्रत्येक वाडका जुन लकडाउन वाट प्रभावित व्यक्ति छन् उनीहरुलाई छनोट गरी सोही वाड र टोल संयोजकको मातहतमा राखी दिनको ८ घण्टा आफ्नै गाँउको विकासको काम गराउने र घरजाने वेलामा प्रति व्यक्ति १० केजी चामल लिएर जाने व्यवस्था गरेको तर १ व्यक्तिले महिनाको ५ दिन मात्र काम पाउने भन्दै प्रमुख खनालले अति अशक्त र काम गर्न नसक्नेहरुको पक्षमा भने छुट्टै व्यवस्था गर्ने योजना रहेको वताए ।

नगर पालिकाले ४ वटा निजि विद्यालयमा क्वारेन्टाइन निर्माण गरी अहिले ६० जना राखेको र कालिका सामुदायिक अस्पतालमा ६० शैयाको आइसोलेसन निर्माण गरी अहिले ५२ जना कोरोना संक्रमित र ६ जना हेराले रहेको आइसोलेसनमा उपचार गराइरहेको भन्दै निको भएर जाने र विरामी भई आउने क्रम जारी रहेको प्रमुख खनालले वताए । साथै कोविड १९ को संक्रमण वाट वच्नको लागी अति आवश्यक पर्ने स्वास्थ्य सामाग्री नगर पालिकालाई प्रदान गर्नुभएको समाजसेवी श्रेष्ठ र थापालाई धन्यवाद व्यक्त गर्र्दे प्रमुख खनालले कोविड १९ को संक्रमण वढ्दै गएकाले भौतीक दुरी कायम गरी समृद्ध भीरकोट निर्माणमा जुट्दै कोविड १९ वाट आफु वाँचौअनि अरुलाई पनि वचाउनको लागी काम विशेष वाहेक घरमै वसि सहयोग गर्न आग्रह गरे ।

हालसम्म भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा खाद्यान्न र नगद गरी ३७ लाख १८ हजार ३ सय ४५ रुपैया जम्मा भएको नगर प्रवत्ता दिपेन्द्र केसीले वताए । लक डाउनको अवधिमा भीरकोट जन्मथलो भएतापनि कामको शिलशिलमा देश तथा विदेशमा कार्यरत भीरकोट वासीहरु संग भिडियो कन्फ्रेस मार्फत कोविड सम्वन्धी कुराको प्रभाववाट अहिले सम्म झण्डै ७ लाख भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा रकम जम्मा भएको भन्दै लक डाउन वाट प्रभावित भीरकोटवासीलाई सहयोग गर्न चाहनेले मेगा वैक लिमिटेड वयरघारीमा रहेको नगरपालिकाको प्रकोप व्यवस्थापन कोष नामको खातामा रहक जम्मा गरी भौचर नगरपालिकामा ल्याउनको लागी प्रवत्ता केसीले आग्रह गरे ।