मनकारी झविन्द्र :आफ्नो जन्मदिनमा अवसरमा विपन्न परिवारलाई सहयोग

प्रकाशित मिति:

मनोज कार्की/ गुल्मी – गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर ५ का झबिन्द्र अर्यालले आफ्नो जन्मदिनको अवसरमा आफ्नो वडामा भएका अति विपन्न परिवारलाई सहयोग गरेका छन् । नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल तरुण दलको क्षेत्र नम्बर २ का सभापति समेत रहेका अर्यालले जन्मदिनको अवसरमा वडामा रहेका अति विपन्न तिन घरपरिवारलाई चामल,दाल,नुन , तेल तथा शैक्षिक सामाग्री समेत सहयोग गरेका हुन् ।

मानिसहरु आजभोलि आधारभूत भन्दा विलासी आवश्यकता केन्द्रित छन् । कोही खान नपाएर मर्छन् , कोहि धेरै खाएर मर्छन् । तर इस्माका अर्याल विगत केही बर्षदेखी गरिबीको सहयात्री बनेका छन् । अप्ठ्यारोमा परेका जोकोहीलाई पनि सहयोग गर्न पछि पर्दैनन् । ञधनसम्पत्ति टन्न कमाएर के पो हुन्छ र । अर्याल भन्छन् गरिबीको मुहार हाँस्दा मलाई आनन्द लाग्छ । जनप्रतिनिधिलाई चुनौती दिदै उनले गाउँमा भएका सम्पूर्ण विपन्न परिवारलाई जुनसुकै समयमा पनि सहयोग गर्ने गर्दछन् ।

अर्यालले आफ्नो जन्मदिनको अवसरमा वडामा रहेका रुक बहादुर घर्ती , ढाली गिरी र लक्ष्मी बस्नेतको परिवारलाई सहयोग गरेका हुन् । रुक बहादुर त्यस वडा कै विपन्न मध्येका एक हुन् । उनका दुई छोरी र एक छोरा छन् । आम्दानीको कुनै स्रोत छैन । सहयोग पाएपछि खुसि हुदै , उनी भन्छन्  हामी जस्ता गरिबिलाई सहयोग गर्नुभएको खुसि लागेको छ ।ढाली गिरी र लक्ष्मी बस्नेत पनि विपन्न मध्येका हुन् । उनीहरूको घरमा पनि खाने चामल समेत पनि थिएन । आफुहरुलाई सहयोग मिलेकोमा खुसि लागेको उनीहरूले बताए । अर्यालले जन्मदिन नभई अघिपछि पनि सहयोग गर्ने गरेका छन् । लकडाउनको यस समयअबधिमा पनि उनले गरिबिलाई थुप्रै सहयोग गरेका थिए । उनी आफ्नो वडामा अप्ठ्यारोमा परेका जोकोहीलाई पनि हरेक समय सहयोग गर्ने गर्दछन् ।