अनलाइन अध्ययन गर्दै आएका विदेशी विद्यार्थी अमेरिका बस्न नपाउने

२३ असार २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया
31 Shares


काठमाडौं/पूर्णरुपमा अनलाइनमार्फत अध्ययन गर्दै आएका विदेशी विद्यार्थीहरु अमेरिकामा बस्न नपाउने भएका छन् ।अमेरिकाको इमिग्रेसन एण्ड कस्टम एजेन्सीले त्यस्ता विद्यार्थीहरुको भिसा फिर्ता लिइने जनाएको छ । अटेर गर्नेहरुलाई अमेरिकाबाट उनीहरुकै देश फर्काइने छ ।

अमेरिकाको यो नयाँ आप्रवासन नीतिबाट धेरै विदेशी छात्रहरु समस्यामा पर्ने देखिएको छ । यद्यपि कति विदेशी विद्यार्थीहरु प्रभावित हुन्छन् भन्ने स्पष्ट भइसकेको छैन ।अमेरिकाका विश्वविद्यालयहरुको एक प्रमुख आयस्रोत विदेशी विद्यार्थीहरु हुन् ।अमेरिकाका धेरैजसो विश्वविद्यालयहरुले कोरोना संक्रमणको जोखिमका कारण अनलाइन कक्षा सन्चालन गर्दै आएका छन् । अमेरिकाको प्रतिष्ठित हार्बर्ड युनिभर्सिटीले पनि आफ्ना सबै कक्षा अनलाइनमार्फत् हुने घोषणा गरेको थियो ।अनलाइनखबर

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • मदानेमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पछाईँलाई स्वागत !
  • आज शुक्रबारको राशिफल
  • हिमालयन बैंकको वितरणयोग्य नाफा ३५५ ले घट्यो
  • रुसले बनाएको कोरोनाविरुद्धको खोप भेनेजुएला र फिलिपिन्‍सले प्रयोग गर्ने
  • बैंकका कर्मचारीलाई कोरोना लागे सम्पूर्ण खर्च बैंकले नै बेहोर्नुपर्ने
  • नविल बैंकको घररजग्गा कर्जा अफरः ७: ९ प्रतिशत ब्याजदरमै ऋण…
  • माछापुच्छ्रे बैंकले भित्र्यायो विइ च्याट वालेट
  • समपूर्ण युवा क्लबको प्रथम अधिबेशन सम्पन्न, डिम(अशोक) बहादुर पुनको संयोजकत्वमा…
  • सुरक्षालाई मध्यनजर गर्दै ज्यामिरेमा अस्थाई प्रहरी पोष्टको स्थापना
  • पश्चिम नवलपरासीको बर्दघाटकि एक युबतीमा कोरोना पुष्टि