सियारीमा नसर्ने रोगका विषयमा अभिमुखिकरण, स्वास्थ्य संस्थाबाट ३५ बढि प्रकारका औषधी निःशुल्क

२३ असार २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


नरेश चौधरी, सियारी २३, असार । रुपन्देहीको सियारी गाउँपालिकामा नसर्ने रोगका विषयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि उच्च रक्तचाप सहित रक्तनली तथा मुटु रोग, मधुमेह, क्यान्सर र दम तथा दिर्घस्वास प्रस्वास सम्बन्धी एक दिने सचेतना मुलक अभिमुखिकरण कार्यक्रम गरिएको हो ।नसर्ने रोगहरु बढ्दै गएको र मृत्युदर बढेका कारण समुदायमा सो रोग बारे जानचेतना फैलाउने उद्देश्यले सो कार्यक्रम गरिएको गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताउनु भयो । बाताबारण प्रदुसण, निश्कृया जिवन शैलि, अस्वास्थ्यकर खानपिन तथा स्वास्थ्य जनचेतनाको कमिका कारण यस रोग बढिरहेकोले यसलाई घटाउनका लागि प्रदेश तथा संघिय सरकारको सहकार्यमा गाउँपालिकामा विशेष कार्यक्रम गरिने उहाँले बताउनु भयो । अगामी आर्थिक वर्ष भित्र सियारी गाउँपालिकामा डक्टर सहितको स्वास्थ्य सेवा प्रदान गरिने उहाँले बताउनु भयो ।

स्वास्थ्य विना ब्यक्ति, परिवार, समाज र राष्ट्रको विकास हुन नसक्ने भन्दै सियारी बासीहरुलाई स्वास्थ्यबारे जनचेतना दिदै प्रभावकारी स्वास्थ्य सेवा दिनका लागि गाउँपालिका प्रतिवद्ध रहेको गाउँपालिका प्रबक्ता तथा उपाध्यक्ष अमृता गुरुङले बताउनु भयो ।जनप्रतिनिधि तथा कर्मचारीहरुको सहयोगमा गाउँपालिका भित्रका स्वास्थ्य समास्या, सेवा तथा गुणस्तरलाई सुधार गर्दै जाने गाउँपालिकाका प्रमुख प्रसशाकीय अधिकृत मिन प्रसाद भट्टाराईको भनाई छ ।स्वास्थ्य जिवन शैलि सुधार, स्वाच्छ वातावरण, खानपिनमा सुधार गर्नसके नसर्ने रोगलाई धेरै मात्रमा कम गर्न सकिने सियारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर घर्तीले बताउनु भयो ।कार्यक्रमका प्रमुख प्रशिक्षक रहनु भएका लुम्बिनी प्रादेशिक अस्पताल बुटलका विशेषज्ञ डा। सागर न्यौपानेले रोग लाग्नु भन्द पहिले सचेत रहनु पर्ने कुरा बताउनु भयो । नसर्ने रोगका प्रकार, रोग लाग्ने कारण, लक्षण तथा बच्ने उपाय लगाएतका विषयमा उहाँले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, टोल सुधार संस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी, लगाएतका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

३५ भन्दा बढि प्रकारका औषधी निःशुल्क – गाउँपालिकामा विरामीहरुलाई निःशुल्क उपचार तथा औषधी दिने गरिएको छ । अहिले विरामीहरुलाई ३५ भन्दा बढि प्रकारका औषधी निःशुल्क रुपमा प्रदान गरि रहेको स्वास्थ्य शाखा प्रमुख वुद्धि बहादुर घर्तीले जानकारी दिनु भयो ।गाउँपालिकामा ५ ओटा स्वास्थ्य चौकी, ३ ओटा स्वास्थ्य इकाई, गाउँघर क्लिनिक तथा खोप केन्द्र १५ ओट, वार्थिङ सेन्टर २ ओटा, ल्याब ३ ओट स्वास्थ्य चौकीबाट सेवा प्रदान गरि रहेको स्वास्थ्य शाखा प्रमुख घर्तीले बताउनु भयो । त्यस्तै गर्भवती, सुत्केरी, ७० वर्ष माथिका जेष्ठ नागरिक र अति अशक्त–असहयहरुलाई निःशुल्क ल्याब सेवाका साथै एम्बुलेन्स सेवा गाउँपालिकाले उपलब्ध गराएको छ । गर्भवती भएकाहरुलाई आईरन तथा क्याल्सियम चक्की निःशुल्क वितरण गर्ने गरेको उहाँले जानकारी दिनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया