किन बढ्दैछ आत्महत्या ? रोग कि बाध्यता !

२३ असार २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया
47 Shares


यासमिन बेगम सैयद-कोरोना भाईरस कोभिड –१९ को महामारीका कारण यतिबेला बिश्व आक्रान्त बनेको छ । यसले सिर्जना गरेको बिपद् र संकटका कारण बिश्वभरका मानिसहरु प्रत्यक्ष प्रभावित भएका छन् । कोरोनाको महामारीका कारण लाखौंले ज्यान गुमाउनुपरेको छ भने कराडौंको रोजीरोटी गुमेको अवस्था छ । कोरोना कै कारण बिश्वको अर्थतन्त्र धरासायी बन्दै गएको छ । कोरोनाले सिर्जना गरेको संकटका कारण स्वदेश तथा बिदेशमा रहेका नेपालीहरु समेत प्रत्यक्ष प्रभावित भएका छन् ।

कोरोना कहरले सिर्जना गरेको त्रास र संकटका कारण नेपाली समाज आर्थिक, सामाजिक, सांस्कृतीक र मानसिक रुपमै बिक्षीप्त बनेको अवस्था छ । जसका कारण हत्या, हिंसा, आत्महत्या र अपराधजन्य गतिबिधीहरु दिनप्रतिदिन बढ़दैं गईरहेका छन् । पछिल्लो समय त आत्महत्याको श्रृखंला निकै डरलाग्दो देखिएको छ । पछिल्लो समय नेपालमा किन आत्महत्या बढिरहेका छ रु किन मानिसहरु आत्महत्या गरिरहेका छन् रु यसको कारण के हुनसक्छ रु यसले समाजमा के कस्तो प्रभाव पारिरहेको छ रु यसको नियन्त्रण र न्यूनीकरण कसरी गर्न सकिन्छ रु यसको उपचार के कस्तो हुन सक्छ रु भन्ने प्रश्न र जिज्ञासा लगायतका बिषयमा केन्द्रीत रहेर केहि दिन अघि मात्र हामीले नेपालका वरिष्ठ मनोरोग बिशेषज्ञहरुसंग भर्चुअल संवाद गरेका थियौं ।

संवाद र परामर्शका लागी नेपालका वरिष्ठ मनोरोग बिशेषज्ञ डाक्टरहरु प्रसिद्ध नसा तथा मानसिक रोग विशेषज्ञ डा। प्रभाकर पोख्रेल, डा। निशिता पाठक र डा। रितेश थापा साथै मानसिक रोग मनोविद् द्वय डा। अनुप राज भण्डारी र डा। तृष्णा क्षेत्रीको बिशेष उपस्थिति रहेको थियो ।
एनआरएनए आइसी सचिव आर।के। शर्मा, मध्यपूर्व यूवा संयोजक राज रेग्मी, मध्यपूर्वका एनसीसी अध्यक्षहरु कतारबाट मोहम्मद मुक्तादा मुसलमान, साउदीबाट तेज बहादुर थापा र मलेसियाबाट हरि भट्टराईको सहभागिता रहेको थियो । साथै कोरोनालाई पराजित गर्न सफल नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करीम बक्स मिया ज्यूँ को अनुभव, अनुभूतिले कार्यक्रम थप जानकारीमूलक बनेको थियो । भने क़तारमा कार्यरत रहेका नेपाली डा। नितेश अर्यालको संयोजकत्वमा डाक्टर संजीब सापकोटा र दीपजंग शाहको विशेष सहजीकरणमा दीपसंचार मीडिया मार्फ़त प्रत्यक्ष प्रसारण समेत गरिएको थियो ।

नेपाली समाजमा कोरोना कहरका बिच संक्रमित भएर वा अन्य बिबिध समस्याका कारणले गर्दा विकराल रूप लिईरहेको आत्महत्या जस्तो अत्यन्तै जटिल समस्यालाई नियन्त्रण र निर्मुल पार्न सचेतना फैलाऊनु यो कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो ।कोरोनाको कहरले बिश्वलाई नै आक्रांत पारेर आर्थिक ,समाजिक राजनीतिक तथा बिभिन्न क्षेत्र लाई शिथील बनाईरहेको अवस्थामा यसको प्रकोपले हाम्रो घरपरिवार र सिंगो समाजलाई नै सामाजिक र मानसिक रुपमै नकारात्मक असर पारी रहेको छ । जस्को दुष्परिणाम स्वरुप हत्या, आत्महत्या तथा अपराधजन्य घटनाहरु बढिरहेका छन् ।

नेपालको सन्दर्भमा भन्नुपर्दा पछिल्लो समय भईरहेका हत्या, आत्महत्या र अपराधजन्य घटनाहरु नियाल्दा यसका धेरै कारणहरु जोडिन आउंछ । आर्थिक कारोबार अन्तर्गतका व्यापार, व्यवसाय ठप्प हूदा मानिसहरु तनावपूर्ण जिबन ज्यून बाध्य छन् । कोरोना संक्रमितलाई घर परिवार तथा समाजले हेर्ने दृष्टिकोण, संक्रमीतलाई गरिने दूब्र्यवहार तथा संवेदनाहीन ब्यवहार । प्रेमीप्रेमिका बिच हुने तनाव, श्रीमान श्रीमती बिच आपसी तालमेल नमिल्नु, । घरेलू हिंसाका, अनैतिक सम्बंध, वैदेशिक रोज़गारीले सिर्जना गरेको समस्या । रोजगारी गुमाउनु परेको पीड , परिवार बिच मनमुटाव हुनु । शारीरिक दुर्बलता , आफन्तको मृत्यु या बियोग पर्नु ।, हमेशा नकारात्मक सोच आर्इरहनु । सामाजिक संजालमा निरन्तर आइरहेका दुःखद घटनाका समाचारहरु । सामान्य कुरामा अनावश्यक चिंता लिने बानी । समाजमा ब्याप्त जातीय विभेद । आफुले रोजेका जीवनसाथीको साथ नपाऊनु । पढ़ाईमा चाहे ज़स्तो परिणाम नआऊनु दीर्घरोगले गर्दा जिबनप्रति निराशा पैदा हुनु । यस्ता बिबिध कारणले गर्दा हत्या, आत्महत्या र अपराधजन्य घटनाहरुलाई प्रशय दिईरहेको छ । जन श्रृखंला पछिल्लो समय कोरोना कहर संग जोडिएका छन् । यस्को प्रत्यक्ष असर ब्यक्तिक़ो मानसिकतामा पर्ने हूदा त्यस्ता ब्यक्तिहरु केहि सकारात्मक सोच्न नसक्ने अवस्थामा निराशाको चरम उत्कर्षमा पुगी आत्महत्या गरी आफ्नो अमुल्य जीवन नै अनाहकमा गुमाऊन पुगेको देखिंछ । जून प्रकारका घटनाहरु अहिले दैनिक ज़स्तो समाचार बनेर आइरहेको छ । जस्ले गर्दा आत्महत्या गर्ने व्यक्तिहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको देखिन्छ ।

यस्ता खालका घटनाहरुको नियन्त्रणमा सरकोरवाला निकाय वा सम्बन्धीत निकायले समेत खासै चासो दिएको देखिदैन । यसर्थ, यस्ता खालका हत्या, आत्महत्या र अपराधजन्य घटनाहरुको नियन्णत्रका लागि ब्यक्ति, परिवार, समाज र सिंगो राष्ट्र नै गम्भीर हुन जरुरी छ ।
जब कुनै परिवारका सदस्य वा समाजमा रहेका अन्य निकटका व्यक्ति हरुमा देखापर्ने असामान्य दैनिकी, असहज बोलि ब्यवहार, उसले देखाउने हाऊभाऊ र ब्यबहार, आफूलाई लागेको रोगको बारेमा भन्न नसक्नु, अनिद्राको समस्या देखा पर्नु, बिना औषधि सुत्न नसक्नु ,एक्लै बस्न रुचाऊनू ,रमाइलो समयमा पनी ख़ुशी हुन नसक्नु, तनाबमा देखिनु जस्ताआचरण देखा परेमा त्यस्ता ब्यक्तिमा कहिकतै कुनै न कुनै समस्या हुनसक्छ । जून समस्या उसले खुलेर भन्न या गर्न सकेको छैन भन्ने विषयमा घरपरिवार ले बूझ्नू वा मनन गर्नू अति आवश्यक छ । यदि परिवारका कुनै व्यक्तिमा यसप्रकारक़ो समस्या देखीएमा परिवारका अन्य सदस्यले उक्त ब्यक्तिलाई आत्मीय माया बोलि ब्यवहारका साथ सम्झाऊनु , बूझ्नू र बुझाउनु अति आवश्यक छ । त्यस्ता मानसिक रूपमा बिक्षिप्त रहेका ब्यक्ति लाई पारिवारिको साथ र सहानुभूति दिन जरुरी छ । उनीहरुका समस्या त केहि पनि होईन आफुले पाएको अमूल्य जीवन सुखमय रूपले जिउनु पर्छ भन्ने जीवनका अन्य सुनौलो दिनहरुको आभास गराऊदैं त्यस्ता व्यक्तिको समस्या लाई पहिचान गरि उस्को आत्मबिश्वासलाई बढाउन सहयोग गर्ने, हेरबिचार , विशिष्ट सहयोग स्वरुप दैनिकीमा परिवर्तन गराउन योग ,धार्मिक ,आध्यात्मीक तथा शारीरिक व्यायाम मार्फ़त तनावमुक्त मष्तिष्क, सकारात्मक सोचको विकास अन्तर्गत प्राथमिकता दिएर घर बाटै राम्रो पारिवारिक वातावरणको शुरूवात गर्नुपर्छ।

यदि समस्याको स्वरुपमा परिवर्तन देखा परेन भने त्यस्ता ब्यक्तिहरु डिप्रेशनमा गई कुनै ग़लत कदम चाल्नु अग़ावै ढीलासुस्ती नगरी दक्ष मनोरोग बिशेषज्ञ , मनोबिदसंग उपचार र परामर्श लिनु पर्छ । चिकीत्सकको परामर्श अनुरूप रोगको पहिचान गरी उपचार पद्धति तत्काल शुरू गर्नुपर्दछ । अन्तमा, आत्महत्याको घटना नियन्त्रण गर्न र निर्मुल पार्न ब्यक्ति, परिवार समाज र सिंगो राष्ट्र सबैको समान कर्तव्य र दायित्व हो । तसर्थ सबै आ– आफ्नो तह र तप्का बाट यसको नियन्त्रणमा लाग्न जरुरी छ । सबै पक्ष सचेत र सतर्क बनौं, सम्भावीत घटना र भवितब्यबाट बचौं र बचाऊं भन्ने आग्रह गर्दछू । (बेगम, मेडिकल हेल्थ टिम सदस्य एवं एनआरएनए आइसीसी सदस्य हुन्।)

फेसबुकबाट तपाईको प्रतिक्रिया