सिरहाको ५० विघा खेति योग्य जमिन जलमग्न

प्रकाशित मिति:

महेश सिंह ,सिरहा २३ असार । सिरहाको लक्ष्मीपुर पतारी वडा नं। ४ धन्छवार र वडा नं। ६ सितापुर बजार देखि पश्चिम पट्टिको ५० विघा खेति योग्य जमिन जलमग्न रहेको छ ।  गांउपालिकाको लापरवाहिले गर्दा पचास विघा जमिन जलमग्न रहेको सितापुरका एक किसान भेदिलाल यादवको आरोप रहेको छ । पटक पटक गांउपालिका अध्यक्ष रामवल्लभ साहलाई सो जमिनको बारेमा जानकारी गराए तापनि कुनै किसिमको चासो नदिएको किसान यादवले बताए । वडा नं। ६ का अध्यक्ष राजेश्वर साह सुडिका अनुसार उचित नला तथा पानिको बहाब नभएकोले सो जमिन जलमग्न भएको बताए हुन । गांउपालिका अध्यक्ष द्वारा सो स्थलमा निरिक्षण गराए तापनि कुनै किसिमको चासो नदिएको र सो व्यवस्थापनका लागि गांउपालिका स्तरमा बजेट समेत नछुट्याएको वडा अध्यक्ष सुडिको आरोप छ ।

नेपाल सरकारको निति सम्वत बाँझो जमिनलाई समेत उब्जाउ बनाउने तर यहाँ ५० विघा उब्जाउ जमिन बाँझोमा परिणत भएको छ यसलाई जसरी भएपनि व्यवस्थित तरिकाले पानिको निकास बनाइ सो जमिनलाई उब्जाउमा परिणत गर्ने वडा अध्यक्ष सुडिको जिकिर रहेको छ ।
पानि जलमग्न भएका कारणले सो जमिन खेति योग्य त छैन छैन त्यसमा बजार बिस्तारका लागि पनि घर बनाउने योग्य नरहेको नेकपाका नेता देव नारायण साहले बताए । यदि खेति योग्य जमिन भएको भए त्यसबाट किसानहरु बिभिन्न प्रकारका फसल उब्जाइ गरिबी न्यूनिकरणमा टेवा समेत पुग्ने थियो । साथै जलमग्नताको कारणले गर्दा सितापुर बजारको बिकास र विस्तरमा पनि बाधा भइरहेको नेता साहले बताए ।