टिकटकमाथि प्रतिबन्ध लगाउने अमेरिकाको तयारी

प्रकाशित मिति:

काठमाडौं / अमेरिकाले पनि टिकटकसहितका चिनियाँ एप्समा प्रतिबन्ध लगाउने तयारी गरेको छ ।अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले चिनियाँ सामाजिक सञ्जालका एप्लिकेशनहरुमा प्रतिबन्ध लगाउनेबारे विचार भइरहेको जनाएका हुन् ।

प्रतिबन्ध लगाउने चिनियाँ एप्लिकेशनको सूचिमा विशेष गरी किशोर–किशोरीमा लोकप्रिय रहेको टिकटक पनि रहेको पोम्पेओलाई उद्धृत गर्दै रोयर्टसले जनाएको छ ।टिकटकलाई लिएर अमेरिकाका सांसदहरुले लामो समयदेखि चासो देखाँदै आएको तथा प्रयोगकर्ताको जानकारी दुरुपयोग भएको हुन सक्ने देखिएकाले राष्ट्रिय सुरक्षालाई ध्यानमा दिएर ती एप्सहरूमा प्रतिबन्धको तयारी भएको उनले बताएका छन् ।यसअघि भारतले पनि टिकटकसहित ५९ वटा चिनियाँ एप्स प्रतिबन्ध लगाइसकेको छ ।खबरहब

थप समाचार