देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम ९ बजेसम्म मात्र गर्न प्रशानिको अनुरोध

प्रकाशित मिति:

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले तिहार(शुभ दिपावली), छठ एवं नेपाल सम्वत् जस्ता चाडपर्वको अवसरमा देउसीभैलो, सांस्कृतिक कार्यक्रम ९ बजे सम्म मात्र गर्न अनुरोध गरेको छ । रुपन्देही प्रशासनले पटाका, आतिसवासी जस्ता प्रज्जवनशील पदार्थहरुको प्रयोग नगराउन र जुवातास खेल्ने जस्ता क्रियाकलापहरु पूर्ण रुपमा बन्द गराउन सम्पूर्ण जिल्लावासीसमझ अनुरोध गरेको हो । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै सम्पूर्ण जिल्लावासी नागरिक, समाजसेवी, व्यापारी, उद्योगी, विद्यार्थी तथा सर्वसाधारण सबैमा उक्त अनुरोध गरेको हो । प्रशासनद्धारा जारी सूचनाको अवज्ञा गरी कानुन विपरीतका कार्यहरु गरे, गराइएको पाइएमा प्रचलित कानून अनुसार कडा कारवाही गरिने रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए । त्यस्तै तिहारको समयमा दियो, मैनवत्ती, पालाहरु बाल्ने एवं विद्युतीय उपकरणहरु बाली दिपावली मनाउँदा आगलागि जस्ता विपद्का घटना घट्न सक्ने भएकोले सो सम्बन्धमा सचेत रही सजगतापूर्वक कार्य गरी जोखिम न्युनिकरणमा ध्यान पु¥याउन प्रशासनले अनुरोध गरेको छ ।