नेकपाको स्थायी कमिटी बैठक शुक्रबारसम्म स्थगित

प्रकाशित मिति:

काठमाडौं /नेपाल कम्युनिष्ट पार्टी नेकपा को स्थायी कमिटी बैठक बस्दै नबसी चौथो पटक स्थगित भएको छ ।पार्टीका प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठक शुक्रबार विहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

पार्टीभित्रको विवाद सुल्झाउन अध्यक्ष अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक्ला एक्लै छलफलमा जुटेको र सहमति कायम गर्न भन्दै चौथो पटक बैठक स्थगित गरिएको हो ।प्रधानमन्त्री एवं पार्टीका प्रथम अध्यक्ष ओली सरकार र पार्टी सञ्चालनमा असफल भएको भन्दै अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको समूहले दुवै पदबाट ओलीको राजीनामा मागेपछि पार्टीमा आन्तरिक विवाद चुलिएको छ।खबरहब