लायन्स लियो बुटवल सेन्ट्रलद्धारा बृद्धाश्रममा सहयोग हस्तान्तरण

प्रकाशित मिति:

बुटवल / लायन्स क्लब अफ बुटवल सेन्ट्रल र लियो क्लब अफ बुटवल सेन्ट्रलद्धारा संयुक्त रुपमा बुटवल उपमहानगरपालिका वडा नं २ स्थीत श्री सिद्धबाबा दर्गा भवानी शिवकुमारी सैंजु बृद्धाश्रममा खाद्यन्न सामाग्री हस्तान्तरण गरेको छ । क्लबको सामाजिक उत्तरदायित्तव अन्तरगतको कार्यक्रममा बृद्धाश्रममा रहेका ८ जाना बृद्धबृद्धाहरुलाई फलफुल, तरकारी , र खाद्यन्न सहयोग गरेको क्लबका सचिव विशाल पाण्डेले जानकारी दिनुभयो ।

कार्यक्रममा लायन्स क्लबका अध्यक्ष निरज केसी, ३२५ वि २ का एरीयाका कोषाध्यक्ष कुष्ण पौडेल, लायन्सका सचिव सागरमाणी पोखरेल, लायन्सका कोषाध्यक्ष सुरेश ज्ञवाली र सहसचिव उत्तम अर्याल साथै लियो क्लबका निवर्तमान अध्यक्ष बुद्धि कुवरको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि निरज के.सी ले मानवाता नै सबैभन्दा ठुलो धर्म भएको बताउदै सबैले आफ्ना अभिवावकहरुलाई माया सद्भाव र स्नेह प्रदान गर्ने हो भने कसैलाईपनि बुद्धाश्रममा जान नपर्ने भन्दै त्यस बृद्धाश्रममा रहेकाहरुलाई समान्न व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी एरीया ३२५ वि २ का कोषाध्यक्ष पौडेलले त्यहा भएका बृद्धबृद्धाहरुले पनि आफ्नो जिवनकालमा हरेका माध्यमबाट राज्यलाई योगदान गरेको बताउदै क्लबहरुका यस्ता सहयोग र सदभावहरुले आत्मीयता र बृद्धबृद्धाहरुलाई खुसी साथ बाच्ने प्ररेणा मिल्ने बताउनु भयो ।साथै लियो क्लबका निर्बतमान अध्यक्ष बुद्धि कुँवरले क्लबले आयोजना गरेको कार्यको प्रशसां गर्दै यस्तै कार्यक्रकहरु निरन्तर दिनु पर्ने बताउनु भएको थियो । कार्यक्रमका अध्यक्ष हिमाल खनालले कोविड १९ को महामारीबाट देश लामो समय देखि बन्दाबन्दीमा गएको र हरेक क्षेत्रमा यसले प्रभाव पारेको हुँदा मानवतालाई केन्द्रबिन्दुमा राखि आश्रममा खाद्यन्नको अभाव नहोस भनि उक्त कार्यक्रम आयोजना गरीएको बताउनुभएको थियो । उक्त कार्यक्रमको अवसर पारि क्लबकि सक्रिय सदस्य अस्मिता सापकोटाको जन्मउत्सव समेत मनाएको थियो । क्लबले आफ्नो स्थापनाकाल देखिनै अनाथालय, बृद्धाश्रम, सांस्कृतिक सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्ति भोगेकाहरुका लागि, चेतना मुलक कार्यक्रमहरु आदि समय समयमा विभिन्न किसिमका सहयोग र राहत सामाग्रीहरु उपलब्ध गराउँदै आएको छ ।