गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ११६ पुग्यो

प्रकाशित मिति:

काठमाडौं/ गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ११६ पुगेको छ ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज जारी गरेको बिज्ञप्तिअनुसार तनहुँ, बागलुङ र म्याग्दीका एकएक जना गरी थप तीन जनामा संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकीमा संक्रमित संख्या १ हजार ११६ पुगेको हो ।

क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा बाग्लुङ गल्कोटकी २४ वर्षीय महिला, तनहुँको म्याग्देका २९ वर्षीय पुरूष र म्याग्दी बेनकीका ३३ वर्षीय पुरूषमा संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा।विनोद विन्दु शर्माले जानकारी दिए ।खबरहब