कोरोना कहरले उद्योगी विचल्लीमा

प्रकाशित मिति:

बुटवल/कोरोना भाईरस ९कोभिड–१९ ले विश्वका अधिकांश देशको उद्योग, व्यवसाय प्रभावित वनाएको वेला नेपालमा पनि त्यसको नराम्रो असर परेको देखिएको छ । पछिल्लो समय सरकारले उद्योगहरु सञ्चालन गर्ने भनेता पनि तर उद्योग सञ्चालनका लागि आवश्यक पर्ने श्रमशक्ति र कच्चापदार्थ अभावमा उद्योगहरु सञ्चालनमा आउन सकेका छैनन् ।

कोरोनाको प्रभावमा गरिएको लकडाउनले निम्त्याएको संकटताले विशेषगरी आर्थिक क्षेत्र थला पर्न गएकाले वन्द रहेका उद्योगहरु सञ्चालनमा आउन निकै कठिनाई रहेको रुपन्देही उद्योग संघका अध्यक्ष वावुराम वोहोराले वताएका छन् । उनी भन्छन्, आगामी आर्थिक वर्षको निति तथा कार्यक्रममा मौद्रिक निति अन्र्तगत कोरोना प्रभावित उद्योगहरुलाई सरकारले सम्वोधन गर्छ कि भन्ने अपेक्षा गरिएको थियो । तर त्यसो भएन, जसका कारण उद्योगहरुको भविष्य अन्यौलमा छ ।

मंगलवार रुपन्देही उद्योग संघले बुटवलमा आयोजना गरेको पत्रकार कार्यक्रममा वोल्दै संघका अध्यक्ष वोहोराले सवै सम्पत्ती वैंकमा राखेर उद्योग व्यवसाय सञ्चालन गरेको र अहिले कोरोना भाईरसले ल्याएको संकटताले वन्द हुन पुगेपछि सरकारले उद्योगहरुको वारेमा कुनै सम्वोधन नगर्नाले वैंकको ताकेताले घर छोडेर जाऔं कि सडकमा गएर आन्दोलन गरौं जस्तो हुने गरेको दुखेसो पोखे ।संघले संघिय सरकारका अर्थमन्त्री डा। युवराज खतिवडालाई आफ्ना ८ वुँदे संस्थागत अवधारणा पेश गरेको भएपनि तर उद्योगको उत्थानका निम्ती सरकारले गम्भिर भएर सम्वोधन गर्न तर्फ अग्रसर भएको नदेखिएकाले अव भएजति वैंकमा राखेको सम्पत्ती लिलाम हुने होकी भन्ने चिन्ताले मानसिक समस्या आउने खतरा वढेको उद्योगीहरुले वताएका थिए ।

संघमा हाल सम्म साना तथा ठुला लगानीका गरी १ हजार २ सय उद्योगहरु आवद्ध रहेको र वस्तुगत तर्फ करिव १ हजार ५ सया देखि २ हजार र घरेलु तथा साना उद्योग कार्यालयका अनुसार ८ हजार देखि १४ हजार सम्म उद्योगहरु दर्ता भएको पाईएको वताईएको थियो । उक्त उद्योगहरुमा कम्तीमा ५ लाख देखि सिमेण्ट उद्योगमा अरवौं रुपैयाँ लगानी भएको जनाईएको थियो । जिल्लामा होजिरी उद्योग, फर्निचर, होटल र पर्यटन व्यवसाय पुर्णरुपमा वन्द हुन पुगेको रुपन्देही उद्योग संघले वताएको छ ।साथै उद्योगीहरुले सरकारले वैंक कर्जा अन्र्तगत व्याजमा छुट दिनुपर्ने, पुर्न कर्जाको व्यवस्था गर्नुपर्ने र किस्ताको भाका अवधि केही महिना सारिदिनु पर्ने माग गरेका छन् ।