तिहारपछि सरकारको कामले गति लिन्छ ः नेता नेपाल

२० कार्तिक २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया
3 Shares


सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का वरिष्ठ नेता माधवकुमार नेपालले तिहारपछि सरकारको कामले गति लिने बताएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले वर्षा सकिएकाले अव सरकारले विकास, निर्माणको कामलाई तीव्रता दिने दावी पनि गरे ।सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनको चियापान कार्यक्रममा सहभागी भएका उनले संचारकर्मीमाझ सरकारले जनताको समस्यालाई सम्बोधन गर्न ढिलाइ नगर्ने दावी पनि गरे । नेता नेपालले सरकारले जनताको अपेक्षा अनुसार कामअघि बढाओस् भन्ने आफूहरुले चाहेको पनि बताए । वरिष्ठ नेता नेपालले सरकारको कामको मूल्यांकन गर्ने बेला नभएको टिप्पणी पनि गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया