ट्रक दुर्घटनामा चालकको मृत्यु

२५ असार २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


ओखलढुंगा / ओखलढुंगामा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।आज बिहान साढे ४ बजेतिर काठमाडौँबाट सोलुतर्फ जाँदै गरेको ट्रक ओखलढुंगाको सिद्धिचरण नगरपालिका–८ सेतीदेवी मन्दिर नजिकै दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।

सोलुखुम्बुस्थित सोलुखोला बेनी हाइड्रोको सामान बोकेको बा३ख ९६ नम्बरको ट्रक दुर्घटना भएको हो ।दुर्घटनामा ट्रकका चालक दोलखाको जिरीका २४ वर्षीय नवराज कार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक मिलनसिंह बस्नेतले जानकारी दिए ।खबरहब

फेसबुकबाट तपाईको प्रतिक्रिया