लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धको पद हस्तान्तरण

प्रकाशित मिति:

भैरहवा, २५ असार । लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनीमा सम्पन्न कार्यक्रममा वर्ष २०१९÷२० का अध्यक्ष गौतम कुमार गुप्ताले वर्ष २०२०÷२१ का अध्यक्ष अरुण कुमार मिश्रालाई पद हस्तान्तरण गरे । त्यस्तै वर्ष २०१९÷२० का सचिव रविकान्त उपाध्याय र कोषाध्यक्ष सुमेर विक्रम खांणले वर्ष २०२०÷२१ का सचिव राजन शुक्ला र कोषाध्यक्ष प्रियबन्धु न्यौपानेलाई पद हस्तान्तरण गरे ।

त्यस्तै वर्ष २०२०÷२१ को निवर्तमान अध्यक्षमा गौतम कुमार गुप्ता, प्रथम उपाध्यक्षमा दिनेश गुप्ता, द्वितीय उपाध्यक्षमा गौतम गुप्ता, तृतीय उपाध्यक्षमा रविकान्त उपाध्याय, सचिवमा राजन शुक्ला, कोषाध्यक्षमा प्रियबन्धु न्यौपाने, सह–सचिवमा सुमेर विक्रम खांण, सह–कोषाध्यक्षमा पिन्टु वनिया, टेमरमा गणेश न्यौपाने, टेल ट्वीष्टरमा विशन गुरुङ, एडमिनिष्ट्रेशन चेयरपर्सनमा अनिल कुमार गुप्ता, निर्देशकमा विपिन क्षेत्री (वातावरण), हरि प्रसाद अधिकारी (युवा), राजु बस्नेत (शिक्षा), शैलेश उपाध्याय (स्वास्थ्य), मनोज कुमार शर्मा (मधुमेह), आशुतोष शुक्ला, सिया गुप्ता, सुजित गुप्ता, चन्द्रिका धवल, सुनिल गुरुङ रहेका छन् ।

त्यस्तै क्लबको फण्ड रेजिङ चेयरपर्सनमा विनित उपाध्याय, एलसीआइएफ को–अर्डिनेटरमा संजोग राज, अडिट चेयरपर्सनमा पंकज कुमार जैसवाल, क्लब स्पोर्ट्स चेयरपर्सनमा अजय कुमार गुप्ता, मेम्बर ग्रोथ चेयरपर्सनमा मनमित सिंह गान्धी, मार्केटिङ एण्ड कम्युनिकेशन चेयरपर्सनमा शराजुद्दिन खान, आइटी चेयरपर्सनमा आकाश चौधरी र क्लब सर्भिस चेयरपर्सनमा दिपक बेरिवाल र जनसम्पर्क अधिकारीमा रबिन्द्र प्रताप गुप्ता रहेको कार्यक्रम संयोजक हरि प्रसाद अधिकारीले बताए ।

त्यसै गरी सदस्यहरुमा नरेन्द्र मिश्रा, सुमित शर्मा, राम अवतार यादव, दुर्गेश जैसवाल, सन्तोष कुमार वर्मा, मोहम्मद साफी रजा खान र मोकिमुद्दिन धुनिया रहेका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स चिफ एडभाइजजर एमजेफ नवराज न्यौपानेले क्लबले सामाजिक उत्तरदायित्का कार्यक्रमहरुलाई तीव्रताका साथ अगाडी बढाएको भन्दै प्रशंसा गरे ।त्यस्तै इभाल्येशन टिम हेड विनोद खरेल, एओजी सन्दिप कसौधन, एरिया को–चिफ धिरज मल्लिक, एम्बेसडर अफ गर्भनर एमजेफ अर्चित श्रेष्ठ, समाजसेवी अजय कुमार गुप्ता लगायतले बोल्दै स्थापना कालको छोटो अवधिमै लायन्स क्लबले विभिन्न रचनात्मक कार्य गरेको बताए ।क्लबका संस्थापक अध्यक्ष गौतम कुमार गुप्ताको अध्यक्षता तथा सचिव रविकान्त उपाध्यायको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

नयाँ अध्यक्षको कार्ययोजना :  कोरोना बिमादेखि लायन्स सचिवालय निर्माणसम्म

लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्ध वर्ष २०२०÷२१ को लागि अध्यक्षको जिम्मेवारी पाएका युवा व्यवसायी तथा समाजसेवी समेत रहेका अरुण कुमार मिश्राले आफ्नो कार्यकालमा लायन्स सचिवालय निर्माण गर्ने घोषणा गरेका छन् । त्यस्तै उनले सार्वजनिक शौचालय निर्माण, क्लबका सम्पूर्ण सदस्यहरुको कोरोना बिमा, सामुदायिक विद्यालयमा सहयोग, अपांगता भएका व्यक्तिहरुलाई ह्वील चियर वितरण, विपन्न परिवारलाई राहत वितरण जस्ता महत्वपूर्ण कार्ययोजनाहरु प्रस्तुत गरेको क्लबका संस्थापक अध्यक्ष गौतम कुमार गुप्ताले बताए ।