गुल्मी समाज भिक्टोरियाको बैठक अष्ट्रेलियामा सम्पन्न 

२५ असार २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


कौरव खत्री – गुल्मी २५ असार । गुल्मी समाज भिक्टोरियाको बैठक अष्ट्रेलियामा सम्पन्न भएको छ । df Lord of Spices Restaurant and Function Center Thornbury मा बसेको बैठकले संस्थाको आम्दानी र खर्च सावजनिक गरेको छ । कोभिड १९ले समस्यामा परेका विद्यार्थीहरुलाई सहयोग गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा संकलन गरिएको जम्मा अष्ट्रेलियन डलर ५ हजार,६ सय, ६० रुपैया बराबरको विद्यार्थीहरुलाई सहयोग प्रदान गरेको छ ।

साथै समाजका विभिन्न शुभचिन्तकहरुबाट संकलन गरिएको तिन हजार,तिन सय,दश रुपैया अष्ट्रेलियन डलर संकलन गरिएको थियो ।त्यस्तै सहयोगका लागि नपुग रकमलाई संस्थाको खाताको खाताबाट प्रयोग गरिएको छ । त्यस्तै कार्यक्रममा सबैभन्दा बढी सात सय,पचास रुपैया अष्ट्रेलियन डलर सहयोग गर्ने Expert Education and Visa Services Melbourne प्रति विशेष धन्यवाद ज्ञापन गरेको छ । साथै गुल्मी समाज भिक्टोरियाले समस्यामा परेका १ सय, १० जना विद्यार्थीहरुलाई राहत बक्स वितरण गरिएको थियो भने विभिन्न होटलहरुबाट ४० जनाले निःशुल्क तथा छुटको खाना मार्फत विद्यार्थीहरुले सहयोग पाएका थिए ।

साथै समाजले आगामी बर्षको लागि नयाँ आगन्तुक विद्यार्थीहरुलाई केन्द्रित गरेर विभिन्न योजनाहरु लिएर आएको जनाएको छ ।त्यस्तै आवश्यकता अनुसार प्रत्येक महिना विज्ञहरुबाट हालका लागि Online resume making training सञ्चालन गर्ने र भविष्यमा विभिन्न व्यवसायीहरुसँग सम्पर्क छलफल गरि अष्ट्रेलिया आएका नयाँ विद्यार्थीहरुलाई आवश्यक पर्ने coffee making,customer service,basic knowledge of cooking लगायतका तालिमहरु सञ्चालन गर्ने योजना रहेको गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका सचिव प्रकाश अर्यालले जानकारी दिए ।त्यस्तै गुल्मी समाज भिक्टोरियाले विभिन्न विद्यार्थीहरुले गरेको मागलाई मध्यनजर गदै हालको लागि हेल्पडेक्स बनाएर उनीहरुलाई सहयोग गर्ने जनाएको छ ।

साथै बैठकले समाजको कोष वृद्धिका लागि समाजका पदाधिकारीहरुबाट प्रति महिना १५रुपैया अष्ट्रेलियन डलर र पदाधिकारी मध्येका विद्यार्थीहरुबाट भने प्रति महिना १० रुपैया अष्ट्रेलियन डलर उठाउने निर्णय समेत गरेको छ ।संस्थाले कोभिड १९ को समस्या समाधान भएपछि भने रक्क्तदान कार्यक्रम सञ्चालन गर्ने समाजले जनाएको छ । गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका अध्यक्ष गान्धीप्रसाद भट्टराईको अध्यक्षता रहेको बैठकको सञ्चालन भने गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका सचिव प्रकाश अर्यालले गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया