रजनिकान्तसंग अक्क्षय कुमार नयां चलचित्रमा संगै देखा पर्दै

प्रकाशित मिति:

सुपरस्टार रजनीकान्तको फिल्म २.० को ट्रेलर सार्वजनिक गरिएको छ। फिल्ममा रजनीकान्त रोबोटको अवतारमा देखिएका छन्। बलिउड अभिनेता अक्षयकुमार पहिलोपटक यो फिल्मबाट खलनायकको भूमिकामा देखिँदैछन्। ट्रेलरमा अक्षयकुमारको लुक खतरनाक छ।

ट्रेलर सार्वजनिक कार्यक्रममा रजनीकान्तले अक्षयकुमारको खुलेरै प्रशंसा गरेका छन्। ‘फिल्ममा दमदार रोलका लागि अक्षयलाई मेरो सलाम। फिल्ममा यो भूमिका निभाउन ४ देखि साढे ४ घण्टासम्म लाग्थ्यो। उनले यसलाई सहजै निर्वाह गरे। यो चानचुने कुरा होइन’, उनले भने।

५ सय करोड बजेटमा बनेको यो फिल्म एक्सनले भरिपूर्ण रहेको बताइएको छ। २।० फिल्म रजनीकान्तको फिल्म एंथरिनको सिक्वेल हो। यो फिल्म २९ नोभेम्बरमा रिलिज हुनेछ।