भिरकोट नगरपालीकामा राहत रकम आउने क्रम जारी

२५ असार २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया
61 Shares


चुत्र महत । असार ,भीरकोट , कोरोना भाइरस कोभिड १९ का कारण प्रभावित भीरकोट वासीहरुको लागि राहत होस भनी विभिन्न संघसस्थाहरुले राहत रकम दिने क्रम जारी रहेको छ । चिनको वुहान शहर वाट शुरु भएको कोरोना भाइरस कोभिड १९ विश्वभरी फैलिरहेको अवस्थामा नेपालमा पनि यस भाइरसको दिनानुदिन व्यापक संक्रमण वढीरहेको छ । यस संक्रमण वाट वच्नको लागी नेपाल लक डाउन गरेको पनि झण्डै ४ महिना पुग्न लागेको छ । यस भाइरसको नियन्त्रण नहुन्जेल सम्म आम नागरीक सचेत भई लक डाउनको पालना गर्नुपर्ने अवस्था सिर्जना आइपरेको छ ।

कोविड १९ को रोकथाम र व्यवस्थापनको लागी भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने गरी भीरकोट नगरपालिका वडा नं. १ मा अवस्थीत समाजमा विभिन्न खाले रचनात्मक कार्य गरी समाजसेवामा अग्रसर रहेको श्री जनजागरण यूवा क्लवका निर्वतमान अध्यक्ष प्रविन विक्रम खाँण र सस्थाका सचिव अनित खाँण द्धारा रु १५ हजार नगर प्रमुख छायाराम खनाललाई प्रदान गरेका छन् ।
भीरकोट नगरपालिकाको राहत प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने रकम वुझ्दै प्रमुख खनालले यूवा भनेका समाज परिर्वतनका संवाहक भएकाले आफ्नो टोल र वाडलाई सहि मार्गमा लानको लागी क्रियासील भएर अगाडी वढी समृद्ध भीरकोट निर्माणमा जुट्नु पर्ने वताए ।
यस परिस्थीतिमा क्लवलाई नगरपालिकाले सहयोग गर्नु पर्नेमा क्लवलेनै नगरपालिकालाई सहयोग गरेकोमा क्लवलाई धन्यवाद व्यक्त गर्र्दै प्रमुख खनालले कोविड १९ को संक्रमण वढ्दै गएकाले भौतीक दुरी कायम गरी समृद्ध भीरकोट निर्माणमा जुट्दै कोविड १९ वाट आफु वाँचौअनि अरुलाई पनि वचाँउनको लागी काम विशेष वाहेक घरमै वसि सहयोग गर्न आग्रह गर्नुभयो ।

साथै प्रमुख खनालले कोविड १९ वाट अति प्रभावित भीरकोटवासीको समस्यालाई नगरपालिका एकले मात्र सामाधान गर्न नसक्ने हुदाँ अन्य संघ सस्था र मनकारी व्यक्तिहरुले आफु सक्य सहयोग गर्नुपर्ने भन्दै अवको चरणको राहत वितरण कार्यलाई रोजगारी संग जोड्ने वताए ।
नगरपालिकाको प्रत्येक वाडका जुन लकडाउन वाट प्रभावित व्यक्ति छन् उनीहरुलाई छनोट गरी सोही वाड र टोल संयोजकको मातहतमा राखी दिनको ८ घण्टा आफ्नै गाँउको विकासको काम गराउने र घरजाने वेलामा प्रति व्यक्ति १० केजी चामल लिएर जाने व्यवस्था गरेको तर १ व्यक्तिले महिनाको ५ दिन मात्र काम पाउने भन्दै प्रमुख खनालले अति अशक्त र काम गर्न नसक्नेहरुको पक्षमा भने छुट्टै व्यवस्था गर्ने वताए ।
नगर पालिकाले ४ वटा निजि विद्यालयमा १ सय जना क्षमताको क्वारेन्टाइन निर्माण गरी तयारी अवस्थामा रहेको र अहिले ५५ जनालाई क्वारेन्टाईनमा राखेको र कालिका सामुदायिक अस्पतालमा ६० शैयाको आइसोलेसन निर्माण गरी अहिले ५२ जना कोरोना संक्रमित र ६ जना हेराले रहेका छन् । कोविड १९ का विरामीलाई आइसोलेसनमा राखी उपचार भइरहेको छ भने निको भएर जाने र संक्रमितभई आउने क्रम जारी रहेको प्रमुख खनालले वताए ।

हालसम्म भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा खाद्यान्न र नगद गरी ३७ लाख ३३ हजार ३ सय ४५ रुपैया जम्मा भएको नगर प्रवत्ता दिपेन्द्र केसीले वताए । लक डाउनको अवधिमा भीरकोट जन्मथलो भएतापनि कामको शिलशिलमा देश तथा विदेशमा कार्यरत भीरकोट वासीहरु संग भिडियो कन्फ्रेस मार्फत कोविड सम्वन्धी कुराको प्रभाववाट अहिले सम्म झण्डै ७ लाख भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा रकम जम्मा भएको भन्दै लक डाउन वाट प्रभावित भीरकोटवासीलाई सहयोग गर्न चाहनेले मेगा वैक लिमिटेड वयरघारीमा रहेको नगरपालिकाको प्रकोप व्यवस्थापन कोष नामको खातामा रहक जम्मा गरी भौचर नगरपालिकामा ल्याउनको लागी प्रवत्ता केसीले आग्रह गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया