बहसलाई सडकमा ल्याउनु पार्टी आचरणभित्र पर्दैन : युवा–विद्यार्थी

प्रकाशित मिति:

तिलोत्तमा, असार २४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटका युवा तथा विद्यार्थीहरुले पार्टी केन्द्रमा देखिएको विवादलाई आन्तरिक छलफलबाटैं निरुपण गर्न नेतृत्वलाई आग्रह गरेको छन् । युवा तथा विद्यार्थीहरुले बिहीबार नेकपा ५ नं. प्रदेश कमिटीलाई ज्ञापन पत्र बुझाउँदै स्थायी कमिटीको बैठक चलिरहँदा एउटा जीवन्त पार्टीमा हुने बहसलाई अतिरञ्जित बनाउँदै सडकमा आई पक्ष र विपक्षमा देखाउनु, पार्टीका नेताहरुलाई अवाञ्छित लालच्छना लगाउनु कम्युनिष्ट पार्टीको आचरणभित्र नपर्ने स्पष्ट पारेका छन् ।

प्रदेश कमिटी सदस्य नन्दीकेशर ढकालमार्फत् प्रदेश कमिटीलाई बुझाइएको ज्ञापनपत्रमा युवा तथा विद्यार्थीहरुले यस्ता गतिविधि रोक्न नेतृत्वलाई आग्रह गरेका छन् । नेकपा कमजोर हुँदा राष्ट्रियता कमजोर हुने र स्वदेशी–विदेशी प्रतिक्रियावादीहरुको उद्देश्य पूरा हुने जनाउँदै उनीहरुले ज्ञापनपत्रमा पार्टीको आन्तरिक जीवनका छलफलहरुलाई लेलिनवादी संगठनात्मक पद्दतिमार्फत् हल गर्नु आमपार्टी पंक्तिको दायित्व रहेको जनाइएको छ ।

यो दायित्वबाट नेकपाको नेता तथा कार्यकर्ता कोही पनि वञ्चित हुन पाउँदैन । छलफलमा आएका विषयहरुलाई कमिटीगत प्रणालीबाटै हल गरी पार्टीलाई थप एकताबद्ध पार्दै आम जनताको चासोलाई सम्बोधन गर्नको लागि युवा तथा विद्यार्थी जोडदार माग गर्दछौं ।’ ज्ञानपपत्रमा भनिएको छ । तीन सय बढी युवा तथा विद्यार्थीहरुको हस्ताक्षरसहित बुझाइएको ज्ञापनपत्र बुझाउने कार्यक्रममा युवा नेता राजु गुरुङ, युवा संघका केन्द्रीय सदस्य जीतेन्द्र पुन, सरिता श्रीस, जिल्ला संयोजक कृष्ण थापालगायतको सहभागिता रहेको थियो ।