तिनाउ मिसन डेभलपमेन्ट बैंकको अध्यक्षमा वझा

२५ असार २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


२५ असार,बुटवल । बुटवलमा केन्द्रीय कार्यालय रहेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा जीवन वझा निर्वाचित भएका छन् । बैंकको बिहीबार बुटवलमा सम्पन्न तेहौं वार्षिक साधारण सभाबाट निर्वाचित नयां सञ्चालक समिति सदस्यहरुको पहिलो वैठकले वझालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

बैंकको सञ्चालक समिति सदस्यहरुमा संस्थापक शेयरधनी तर्फबाट वझा, राजेन्द्र प्रसाद वझा, ऋषिराम पाण्डे र शालिकराम बेलवासे तथा सर्वसाधारण शेयरधनीका तर्फबाट विपिन पौडेल र अनिलप्रसाद श्रेष्ठ निर्विरोध निर्वाचित छन् । चुक्ता पूँजी एक अर्व ६७ करोड ५८ लाख रहेको बैंकले १५ अर्ब ५० करोड निक्षेप संकलन गरी १२ अर्व ५२ करोड कर्जा प्रवाह गरेको छ । साविकको तिनाउ डेभलपमेन्ट बैंक र मिसन डेभलपमेन्ट बैंक मर्ज भएर तिनाउ मिसन बैंक बनेपछि चालु आर्थिक वर्षमै साविकको नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको थियो । बैंकले अब हकप्रद शेयर जारी गरेर तथा अन्य उपयुक्त बैंकसंग मर्ज गरेर राष्ट्रिय स्तरको विकास बैंक बन्ने विकल्प साधारणसभाले खुला गरेको प्रमुख कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया