नेकपा धुर्कोट बस्तुद्वारा शोक सभा

प्रकाशित मिति:

गुल्मी – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धुर्कोट गाउँपालिका वडा नं. ५ बस्तुले आज शोक सभा सम्पन्न गरेको छ ।

सो पार्टीका सदस्य यमबहादुर सुनार र पार्टीका संगठिन सदस्य इन्द्रादेवि थापा मगरका पति पार्टी सदस्य बिरबहादुर थापा मगरको स्मृतीमा शोक सभा आयोजना गरेको हो । दुई छुट्टाछुट्टै शोक सभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला नेता नरेशकुमार भण्डारीले शोक मन्तव्य सहित श्रद्धाञ्जली अर्पण गरेका थिए ।

शोक सभामा जिल्ला कानुन विभागका सदस्य बोमलाल भण्डारी, धुर्कोट गाउँ सल्लाहकार संयोजक रोमाकान्त भण्डारी, वडा इन्चार्ज युवराज भण्डारी, सह इन्चार्ज इश्वरी भण्डारी, राष्ट्रिय युवा संघ नेपालका जिल्ला सदस्य राजु विश्वकर्मा तथा गाउँपालिकाका नेता सन्तोष गौतम सुनार र कमला भण्डारी लगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

शोक सभाको अवसरमा यही असार २० गते ४७ वर्षको अल्पायुमा दिगंवत हुनुभएका यमबहादुर सुनार र सोही दिन ६० वर्षको अल्पायुमा दिगंवत हुनुभएका बिरबहादुर थापा मगरले पार्टीमा पु¥र्याउनु भएको योगदानको कदर गर्दै उहाँहरुको परिवारलाई सान्त्वना स्वरुप नगद रकम सहित समवेदना प्रकट गरिएको वडा कमिटीका कार्यालय संयोजक योगेन्द्र भण्डारीले जानकारी दिए ।

कार्यक्रम वडा कमिटी अध्यक्ष केशवराज भण्डारीको अध्यक्षता र सचिव नन्दाराम भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।