विश्वविद्यालयलाई पार्टीका कार्यकर्ता भर्ती केन्द्र नबनाउन माग गर्दै उपकुलपतिलाई नेविसंघको ज्ञापनपत्र

प्रकाशित मिति:

काठमाडौं । नेपाल विद्यार्थी संघले विश्वविद्यालयलाई सत्तारुढ पार्टीका कार्यकर्ता भर्ती केन्द्र नबनाउन माग गर्दै उपकुलपतिलाई ज्ञापनपत्र बुझाएको छ । शुक्रबार संघका अध्यक्ष राजीव ढुँगानाले त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा। धर्मकान्त बाँस्कोटालाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो ।

विश्वविद्यालयका पदाधिकारी तथा अन्य महत्त्वपूर्ण प्राज्ञिक नेतृत्वको छनोट र नियुक्ति पारदर्शी बनाउनुपर्ने, वरिष्ठता र कार्यक्षमतालाई आधार बनाउनुपर्ने नेविसंघको माग छ । त्यस्तै संघले सबै अवाञ्छित नियुक्ति बदर गर्न, शैक्षिक क्षेत्रमा राजनीतिक हस्तक्षेप र भागवण्डाको अन्त्य गर्न पनि माग गरेको महामन्त्री दीपक भट्टराईले जानकारी दिए ।