आपसी तिक्ततालाई त्यागौँ– डा कोइराला

२० कार्तिक २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया
13 Shares

File Image

पोखरा, २० कात्तिक/ नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले शुभकामना आदानप्रदानको माध्यमबाट आपसी तिक्तता र मतभिन्नतालाई त्यागेर अगाडि बढ्नुपर्ने आवश्यकतामाथि जोड दिनुभएको छ ।

काङ्ग्रेस कास्कीद्वारा आज पोखरामा आयोजित दशैँ, तिहार, नेपाल संवत्, छठ, ल्होसार पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले मुलुकलाई विकसित र समृद्ध बनाउन पार्टी–पार्टीबीच सौहार्दता हुन जरुरी रहेको उल्लेख गर्नुभयो ।

उहाँले अहिले सरकार स्थिर छ तर, राजनीतिक अस्थिरता कायम रहेकाले यसलाई अन्त्य गरी सरकारले पाँच वर्षको कार्यकाल पूरा गरोस्् भनी शुभकामना दिनुभयो । मुलुकमा सुशासन, पारदर्शिता, दण्डहीनताको अन्त्य, भ्रष्टाचारको न्यूनीकरण र शान्ति सुरक्षा कायम गर्नुपर्ने उल्लेख गर्दै उहाँले यसका लागि सहमति, सहकार्य र एकता आवश्यक छ भन्नुभयो ।

सङ्घीयता अब हट्न नसक्ने र यसलाई सफल बनाउने जिम्मेवारी सबैको रहेको भन्नुहुँदै डा कोइरालाले सङ्घीय सरकारलाई छिटोभन्दा छिटो कानून बनाएर प्रहरी, प्रशासनको जिम्मेवारी प्रदेश सरकारलाई दिन आग्रह गर्नुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • खर्च कम गर भने पछि श्रीमतीले गरिन् सम्बन्धबिछेद
  • राष्ट्रियसभामा वामदेवको ‘प्रबेश’ ,युवराज बाहिरिँदै
  • कोरोनाभाइरस मार्न भन्दै चीन गएकी राखी सावन्त ‘प्रभू’को शरणमा पुगेपछि…{भिडियो…
  • पोखरामा डुंगा पल्टिँदा बेपत्ता भएका सुमित लुइँटेल मृत फेला
  • नेपाली क्रिकेटमा पुबुदु दासानायकेको पुनरागमन
  • राष्ट्रपति भण्डारीका लागि सार्वजनिक बिदा
  • ‘माफ गर बहिनी, केक बोक्ने’ हेलिकप्टरले तिमीलाई बोक्न सकेन !
  • वामदेवलाई राष्ट्रिय सभा सदस्य मनोनित गर्न सरकारलाई नेकपाको सिफारिस
  • मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम अब १५ अस्पतालमा
  • दिल्ली हिंसात्मक झडप : मृतकको संख्या २० पुग्यो