काठमाडौँ – नेपालमा इन्धनको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेल तीनै प्रकारका इन्धनको मूल्य प्रतिलिटर १–१ रुपैयाँले बढाएको हो ।
तेलको मूल्य बढेसँगै अब पेट्रोल प्रतिलिटर १ सय २ रुपैयाँ तथा डिजल र मट्टितेल प्रतिलिटर ८८–८८ रुपैयाँमा पाइनेछ ।
यसअघि निगमले असार १६ गते तेलको मूल्य बढाएको थियो ।
@radionrn