साहित्यमा झरको सैद्धान्तिक अवधारणा

२६ असार २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया
199 Shares


शिव खनाल,
झर
नेपाली शब्दकोष अनुसार झरको शाब्दिक अर्थ पानी बर्सेको वा खसेको शब्द भनेर भनिएको छ । झरले पानी पर्ने पटक र तलतिर बग्ने पानीको स्रोतलाई जनाउँछ । यो संग झरलाई व्याख्या गर्दा झर सृजनाको एक सानो एकाई हो । सृजनाको सूक्ष्म विधा हो । यो तलतिर बगिरहेको पानी स्वच्छन्द भए जस्तै झर पनि स्वच्छन्द हुन्छ ।

झरको अर्को अर्थ चामलको पिठो घिउ वा नौनीमा मुछी कपडा माथि बेलेर पकाइने एक किसिमको रोटी हुन्छ । यस्तो रोटी संग झरको तुलना गर्दा यो छोटो भइकन प्रभावशाली हुन्छ भन्ने बुझिन्छ । साहित्यमा भन्नू पर्दा झर भन्नाले छोटो, प्रभावशाली, स्वच्छन्द रचनाहरु हुन् । झर लाई सृजनात्मक एकाईको रूपमा व्याख्या गर्न सकिन्छ ।

हरेक मानिस सर्जक हो । यही कुरा पुष्टि गर्न साहित्यमा झर विधाको शुरूवात गरिएको हो । हरेक मानिससंग जीवनका अनुभवहरु हुन्छन् । विचारहरु हुन्छन् । ती विचार एवं अनुभवहरु सबैभन्दा संक्षिप्त, प्रभावकारी र सजिलोसँग उतार्न सकिने विधा झर हो । हरेक मानिसलाई कसरी लेखन र साहित्यमा अवसर दिने भन्ने दिव्य विचारबाट झरको जन्म भएको हो । हुन त व्यक्तिमा रहेको अपार सृजनशिलताको संम्भावनालाई धेरै तरिकाले व्यक्त गर्न सकिन्छ । साहित्यमा भएका नयाँ नयाँ प्रयोगहरुले साहित्यको श्री वृद्धिमा महत्त्वपूर्ण भुमिका खेलेको छ र नेपाली साहित्यमा अझै धेरै प्रयोगहरु हुन्छन् भन्ने अपेक्षा गर्न सकिन्छ ।

जनभावना एवं जनजिब्रोको बोलीलाई लेखनमा उतार्नुलाई झर भनिन्छ । झर २ पङ्तिका स्वच्छन्द, छोटो साहित्यिक रचना हुन् । सामान्यतया झरको पहिलो पङ्तीमा विषयवस्तुको उठान गरिंन्छ र दोस्रो पङ्तीमा सन्देश दिइन्छ । अथवा विषय वस्तुलाई पुष्टि गरिन्छ ।

पहिलो लेखन ( २०७७ जेठ ३ गते )
नामाकरण ( २०७७ जेठ ४ गते चामलको मीठो रोटी सँग तुलना गर्दै झरको नामाकरण गरिएको थियो । जेठ ९ गते यसको पहिलो प्रकाशन संगै अर्घाखाँचीका सर्जक नारायण खनाल निलमले झरको शब्दार्थ खोज्ने क्रममा आकाश बाट वर्षिरहेको पानीको पटक, झरना संग झरिरहेको पानीको रूपमा र पानीको सानो एकाईको रूपमा झरलाई व्याख्या गर्दा यसको अवधारणा प्रष्ट पार्न सजिलो भयो । नारायण खनालको भाषामा ( ूूझर घिउको रोटी जस्तै मिठो, मुलायम,आकाशबाट बर्सने पानीको एक झर जस्तो शितलता प्रदान गर्ने, धर्ती र समाजलाई शितलता दिने अर्थका रुपमा बुझ्न जरुरी छ। यसबाट झरले पाठकलाई साँच्चिकै रापिलो दिनमा परेको एक झर पानीले जस्तै आनन्द दिन सक्ने ,खुसी तुल्याउन सक्ने ,सकारात्मक बन्न सिकाउन सक्ने र समग्र जीवन जगतलाई सरल साहित्यका माध्यमबाट सन्देश दिन सकिने प्रतीत हुन्छ । ूत्यस्तै सर्जक आर्त अकुलिनबाट विभिन्न भाषामा लेखिएका झरले त झन ,सम्पूर्ण भाषामा यस्तो रचनाको आवश्यकता भएको उजागर बनेको छ र भाषा संरक्षणमा समेत यसको योगदान हुने सहजै अनुमान गर्न सकिन्छ । ू

पहिलो प्रकाशन ( २०७७ जेठ ९ कालीगण्डकी अनलाइनमा भएको थियोे ।हाल सम्म प्रकाशन गर्ने श्रष्टा ( शिव खनाल, नारायण खनाल र आर्त अकुलिन।
संरचना  दुई पङ्ति, स्वच्छन्द

झरको पहिलो पङ्तिमा विषयवस्तुको उठान गरिन्छ र दोस्रो पङ्तिमा त्यसको पुष्टि गरिन्छ । दुई पङ्ति हुने हुदा घटना, उत्तेजना र प्रतिक्रियाको सम्बन्ध स्थापित हुन्छ । छोटो रचना भएकोले झरमा विचार वा भावनाको गहनता भने हुनै पर्छ । साहित्यमा प्रयुक्त शृगार, लय, प्रतीकात्मकता, बिम्ब आदिको उचित प्रयोग स्वाभाविक रूपले आवश्यक हुन्छ ।

भल्भक्स नामक एक सजिव एक कोषिय प्राणी हो । तर यसका धेरै जीवहरु मिलेर खाना प्राप्त गर्दछन् र धेरै जीवहरु मिलेर बहुकोषिय जीवको स्वाभाव देखाउछन् । त्यस्तै हरेक झरहरु स्वतन्त्र हुन्छन् । त्यस्तै एकै शिर्षकमा लेखिएका झरहरुका समूहले झरनाको अनुभुति दिन्छन् ।

बाटोले खोला बनाउने होईन, खोला जहाँ हिड्छ, त्यही बाटो बन्दछ । त्यसैले झरको नियममा धेरै बाधिनु भन्दा रचना गर्दै जाँदा यो विधाको प्रभाव बढ्छ ।

उदेश्य
– आफ्ना विचार एवं भावनाहरुलाई छोटो र प्रभावकारी तरिकाले व्यक्त गर्ने ।
-सबै व्यक्तिमा रहेको सृजनात्मक क्षमता प्रस्फुटन गर्ने ।
– लेखन प्रविधिको रूपमा व्यक्तिका समस्या समाधान, सकारात्मकता, उत्प्रेरणा आदि संग संबंधित लक्षित सृझना गर्ने
– मानिसलाई साहित्यिक सृजना तर्फ आकर्षित गर्ने ।
– व्यस्त समयमा पनि साहित्य सृजना पढ्न सम्भव बनाउने ।
– वृद्ध वृद्धाका जीवनका भोगाइलाई लोक झरको रूपमा सृजनामा ल्याउनु ।

केही झरका प्रकारहरु
– लोक झर –  लोक एवं अरुका विचार एवं भावना संकलन गरिने झर ।
– दार्शनिक झर : जीवन जगत बारेका दृष्टिकोण भएका झर ।
– भावनात्मक झर आफ्ना भावना एवं अनुभूतिहरु गहन रूपमा प्रकट हुने झर ।
– प्रयोगात्मक झर जीवन प्रविधि, लक्षित साहित्य, विभिन्न प्रविधि तथा नयाँ प्रयोग समेटिएका झर ।
कवितात्मक झर स्साना लघु कविता जुन झर को नियम सँग मिल्नेहरु दुई पंक्ति ,विषय उठान र पुस्टिकरण भएको अबस्थामा ,कवितात्मक झर हुन सक्छन् ।
– सबै उखान झर हुन सक्ने तर सबै झर उखान हुन नसक्ने तथा विभिन्न महावाणि , उखान ,जनबोलीहरु संकलित झर रचनाका रुपमा मात्रै रहनेछन् ।
विभिन्न सूक्ति एवम महावाणीहरु जस्तै झर पनि खदिला हुन्छन् । सूक्ति, भनाई, महावाणीमा एक व्यक्तिले आफ्नो जीवनको भोगाइलाई एक वाक्यमा व्याख्या गर्दछन् । त्यसमा विचार वा भावको गहनता हुने गर्दछ । त्यस्तै किसिमले झरमा समेत गहनता हुनै पर्दछ । एउटै शिर्षकमा लेखिएका झरहरुको समुहले झरनाको अनुभुती दिन्छ ।

जीवन धर्मका अवधारणा एवं विचारहरु व्यक्त गर्न झर एउटा सजिलो माध्यम बन्न सक्छ। जीवन धर्मले व्यक्तिको रुपान्तरण र समाजको रुपान्तरणलाई जोड दिन्छ । व्यक्तिलाई सफलता, आत्मसम्मान, सुख, शान्ति, आनंद एवं सकारात्मकता हासिल गर्न झरलाई समेत एउटा माध्यमको रूपमा लिन सकिन्छ ।

मनोचिकित्सामा रोगीहरुको रोग पहिचान गर्न उनीहरूको अभिव्यक्तिको एकाईको रूपमा झरलाई लिन सकिन्छ । रोगीको अभिव्यक्तिलाई संकलन गरि उनीहरूको विचारको प्रवाह प्राप्त गर्न यसले मद्धत गर्दछ । मानसिक स्वास्थ्यमा कठिनाइ भएका व्यक्तिलाई सृजना तर्फ लक्ष्य निर्धारण गर्न झर सजिलो माध्यम हुन सक्छ । उनीहरूलाई झर लेख्न लगाउँदा अभिव्यक्ति चिकित्साले काम गर्ने र सर्जकको रूपमा संमान पाउँदा उनीहरूको आत्मसंम्मानमा वृद्धि भइ मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छ ।झर बारे थप चर्चा पछिल्ला लेखहरुमा हुने नै छ ।

लेखक झर विधाका प्रवर्तक हुनुहुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया