नेपाली जनसंम्पर्क समिती अमेरीकाको अध्यक्षबाट गोरख (आनन्द)  बिष्टलाई हटाउने निर्णय

२७ असार २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया
15 Shares


अमेरीका । नेपाली जनसंम्पर्क समिती अमेरीकाभरी रहेका नेपाली काग्रेस संग संम्बन्धित जनसंम्पर्क समितीका पुर्व संयोजक बिष्णु सुबेदीको नेतृत्व र धनन्जय नरसिंह केसी को संयेजकत्वमा वसेको सक्रीय सदस्यहरूको बैठकले गरेको निर्णयहरूको बारेमा जानकारी गराईयको प्रेस विज्ञप्ति

नेपाली काँग्रेसको नियमावली २०७६ को परिच्छेद१ (८) मा  निकाय भन्नाले विधानको ३ (५) का अतिरिक्त पार्टीबाट मान्यताप्राप्त विदेशस्थित नेपाली जनसम्पर्क समितिलाई समेत जनाउनेछ” भन्ने र धारा ५८ मा “पार्टीको तल्लो निकायको सभापति, उपसभापति, सचिव, कोषाध्यक्ष र सहसचिव माथिल्लो तहको कार्यसमितिमा उम्मेदवार भएमा निजको तल्लो पद स्वतस् रिक्त हुनेछ” भन्ने स्पष्ट उल्लेख छ । तसर्थ नेपाली जनसम्पर्क समिति अमेरिकाका तत्कालीन सभापति गोरख (आनन्द)  बिष्ट नेपाली काँग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित भएकाले विधान बमोजिम निजको नेपाली जनसम्पर्क समिति अमेरिकाको अध्यक्ष पद आमन्त्रित सदस्य पदमा मनोनयन भएका दिनदेखि रिक्त भइसकेको छ ।

सन् २०१४ मा टेक्सासमा अधिवेशन भएको ६ वर्ष बितिसक्दा पनि र मातृपार्टी नेपाली काँग्रेसको विधानमा व्यवस्था भए अनुसार आफू पदमुक्त भइसक्दा पनि विभिन्न बहानामा अधिवेशन टार्दै आएका निजको बदनियत स्पष्ट भइसकेको छ । पार्टीले गत कार्तिक ५, २०७६ मा ६ महिनाको समय दिई अधिवेशन संपन्न गर्न निर्देशन दिएको पनि वैशाख ५, २०७७ देखि म्याद गुज्रिसकेको छ । बिधानतस् पनि उहाले आफुलाई अध्यक्ष भन्ने बैधानिक र पार्टीको आदर्श अनुरुप नैतिक अधिकार छैन : संगठनलाई भर्र्याङ् बनाएर आफ्नो ब्यक्तिगत फाईदा लिने तर संस्थालाई कमजोर बनाएको हेरेर बस्नु कुनै पनि इमान्दार कार्यकर्तालाई सुहाउदैन :  जन संपर्क समिति अमेरिकालाई चुस्त ,गतिशिल र बिधान सम्मत हिडाउन हामीले तत्काल निर्णय लिनु पर्ने हुन्छ : पार्टीको गरिमा बचाई राख्न र जनसम्पर्क समितिको साखलाई सधैं उच्च राख्न आमन्त्रित सदस्य मनोनयन भएकै दिनदेखि बिधानतस् स्वतस् पदमुक्त हुनुपर्ने, र पद छोड्न अनुरोध गर्दा पनि अटेर गरी पद धारण गरिरहनु भएकोले उहाँलाई आजको मितिदेखि आनन्द् बिष्टलाई जन संपर्क समिति अमेरिकाको अध्यक्षबाट बहुमत सदस्यले पदमुक्त गर्ने निर्णय गर्दछौ

आगामी दिनमा जनसंपर्क समिति अमेरिकालाई सबै नेपाली प्रजातन्त्रवादीको साझा, प्यारो, राम्रो र हाम्रो संस्था बनाउन र निर्वाचन गराउने ऐतिहासिक जिम्मेवेरी लिने नेत्रित्व चयनको लागि छिट्टै अमेरिका भरी रहेका तमाम साथीहरुको बीच छलफल गर्ने र नेपाली काङ्रेसको पार्टी नेत्रित्वसँग परामर्श समेत गरेर आम सहमतीबाट सर्वसम्मत निर्णयद्वारा नयाँ समिति निर्माण गर्ने कुरा सार्वजनिक गर्दछौ  जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष पदमा हालसम्म सेवा गर्नु हार्दिक आभार प्रकट गर्दै आगामी दिनमा पूर्व अध्यक्ष बिष्टले आमन्त्रित केन्द्रिय सदस्यको ज़िम्मेवारीलाई इमान्दारितापूर्वक निभाउनु हुनेछ र निर्वाचनका लागि बनेको अधिवेशन समितिलाई सम्पूर्ण तन मन बचन र कर्मबाट सहयोग गर्नु हुनेछ भन्ने सम्पूर्ण जनसम्पर्क समितिका साथीहरुको सदिच्छा रहेको छ – जुमको माध्यमवाट भएको भेलामा १५०० भन्दा वढीको उपस्थीती रहेको तरुण दल अमेरीकाका उपसभापती अनन्त सुवेदीले जानकारी दीनु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया