गुल्मीका १४ आरन ब्याबसायिले पाए औजार

२७ असार २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


मनोज कार्की -अषाढ गुल्मी गुल्मीको मालिका गाउँपालिका घमिर वडा नं ७ घमिरका ब्याबसायिहरुले आरनका औजार पाएका छन् । शुक्रबार घमिरमा एक कार्यक्रमका साथ १४ जना आरन ब्याबसायिहरुलाई आरन औजार बितरण गरिएको घमिर वडा कार्यालयले जानाकारी दिएको छ । औजार बितरण गर्दै मालिका गाउँपालिकाका अध्यक्ष रित बहादुर थापाले गाउँ घरमा गर्दै आएको आरन ब्याबसाय पछिल्लो समयमा निर्बाहमुखी भएको यसलाई अझ ब्याबस्थित गरि ब्याबसायिक बनाउनु पर्ने बताए । आरन सन्चाल ब्याबसायिलाई ब्याबस्थित गराउनको निम्ती तालिम आबश्यक रहेकाले तालिमको ब्याबस्था मिलाउनको लागि वडा कार्यालयलाई पहल गर्न अध्यक्ष थापाले आग्रह गरेका छन् ।

वडाबाट बितरण गरिएको औजारको सोहि सदुपयोग गरि संचालन गर्ने सकेमा सफल आरन ब्याबसायि बन्न सक्ने वडा अध्यक्ष बेद प्रसाद पन्थीले बताए । आरन ब्याबस्थापनको क्रममा ब्याबसायिहरुलाई समस्या परे वडा कार्यालयले तुरुन्तै समधान गर्ने अध्यक्ष पन्थीले बताएका छन् । औजार बितरण कार्यक्रममा समाजसेवी चन्द्रमणि लम्साल ,ज्ञानराज पन्थी, गुणानिधि लम्साल,यम बहादुर बि.क,शेसकान्त लम्साल,डिल्लीराज उपाध्याय लगाएतको उपस्थिती रहेको थियो । आरन ब्याबस्थापन तथा औजार बितरण कार्यक्रमको लागि वडा कार्यालय बाट ५ लाख बिनियोजन गरिएको थियो । औजार पाउँदा आरन ब्याबसायिहरु खुसि वडाले कार्यक्रमको आयोजना गरि आरन औजर बितरणले ब्याबसायिमा खुसि पलाएको छ । पछिल्लो समयमा हराउँदै गएको आरन ब्याबसायलाई ब्याबस्थित गर्नेका लागि वडाले आरनका औजार बितरण गरेको भन्दै ब्याबसायिहरुले वडा तथा गाउँपालिकालाई धन्यबाद दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • संविधानसभा सदस्य पाण्डेय द्वारा पहिरो पीडित परिवारलाई आर्थिक सहयोग 
  • बाँकेमा कोरोनाका कारण थप दुई जनाको मृत्यु
  • नेटवर्किङ व्यवसायमा संलग्‍न २५ कम्पनी र ५० जना पक्राउ गर्न…
  • कालीगण्डकी पहिरो पीडितलाई सभासद पाण्डे र दियालो संस्थाको तर्फबाट नगद…
  • एनआरएनए लाई आइएलओको थप ५ करोड सहयोग
  • अमेरिकामा नेपाली राष्ट्रिय महिला सम्मेलनमा सहयोग गर्ने सबैलाई अध्यक्ष साह…
  • अध्यात्म ज्ञान : आफ्नो वास्तविक स्वरूपलाई कसरी चिन्ने ?
  • असोज २० देखि दशैंको अग्रिम टिकट बुकिङ खोल्न प्रस्ताव
  • लहानको जन प्रतिनिधिद्धारा पत्रकार भेटघाट
  • नवलपरासीमा डा. केसीको जीवन रक्षाको  माग गर्दै प्रर्दशन