कोरोना विशेष सन्देशमुलक गीत सार्वजनिक ( भिडियो )

२७ असार २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


बुटवल । कोरोना कहरका बीच नेपाली नारीहरुको महान चाड हरितालीका तीज नजिकिँदै गर्दा तीज गीतहरुको लहर शुरु भएको छ ।
कोरोना कहरका बीच पनि तीज गीतहरु धमाधम बजारमा आउने क्रम जारी छन् । यहि बेला राधिका हमाल र राजेन्द्र कँडेलको आवाजमा सजिएको तीज गीत ुदिदीभाइु बजारमा आएको छ । निर्मला सुवेदीको शब्द र राजेश बर्देवाको संगीत रहेको दिदीभाइु बोलको तीज गीत राजेश बर्देवाको आधिकारिक युट्युब च्यानल मार्फत बजारमा ल्याइएको हो । भिडियोमा ओबि रायमाझी र शोभा त्रिपाठिले अभिनय गरेका छन्

लामो समयपछि परदेशबाट स्वदेश फर्केका भाई क्वारेन्टाइनमा बस्नुपर्ने बाध्यताले तीजमा आफ्ना दिदीबहिनी बोलाउन जान नपाएको र उता माइतीबाट कोही बोलाउन आउलान् कि भनेर माइतीको बाटो हेरेर बसेकी चेलिको व्यथालाई यो गीतमा समेटिएको छ । बिक्रम चौहानको निर्देशन, प्रकाश खड्काको छायांकन र मिलन बिश्वकर्माले सम्पादन गरेको गीतमा माइत आउन नपाएपनि भाईको क्वारेन्टाइन बसाईलाई थप उर्जा र हौसला प्रदान गर्ने काम चेलीले गर्छिन भने भाईले पनि दिदीलाई मन दुःखी नबनाउन अनुरोध गर्दछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण
  • डा. केसीका मागप्रति नेविसंघको ऐक्यवद्धता, जीवन रक्षाको माग
  • रुपन्देहीको सियारीमा लालपूर्जा वितरण
  • प्रदेश पाँचका रेडिमिक्समा १५० करोड लगानी
  • राप्तीमा स्वास्थ्यको वार्षिक समिक्षा पुर्ण उपलब्धिमा कोभिड १९ बाधक
  • वामी नमूना समाजको तेश्रो अधिवेशन जापानमा सम्पन्न
  • कोभिडबाट संक्रमण मुक्त भएकाले के–के कुरामा ध्यान दिनु पर्छ ।
  • बाढीले जिप बगाउँदा बेपत्ता भएका विद्युत प्राधिकरणका कर्मचारीको शव फेला
  • पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीनजनाको शव भेटीयो
  • चाडपर्वका बेला भारत आवतजावतमा रोक लगाइने