वोनम्यारो पीडित वलीद्धारा सहयोगको याचना

२७ असार २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


नवीन अभिलाषी – दाङ, असार २५ । घोराही उपमहानगरपालिका वडा नं. ८ दुन्द्राका बोनम्यारो पीडित चन्द्रप्रसाद वलीले आफ्नो उपचारका लागि सहयोगको याचना गर्नुभएको छ । रोजगारीको शिलशिलामा भारतको पञ्जाव स्थित लुदियानाको एक होटलमा कार्यरत वलीलाई दुई वर्ष पहिले बोनम्यारो भएको थियो ।

पीडित वलीको बहिनी सुनिता वलीका अनुसार दुई वर्ष पहिले भारतमै विरामी भएपछि उपचारका क्रममा दयानन्द मेडिकल कलेजले बोनम्यारो भएको प्रमाणित गरेको थियो । घरपरिवारको सुख शान्ती र सन्तानको शिक्षाका लागि धन कमाउन गएका चन्द्रप्रसादलाई एकाएक थाम्नै नसक्ने रोग देखियो । वलीले लाखौँ रुपैया खर्च गरेर भारतमै उपचार गराउनुभयो । होटलको सहयोगले समेत गरिएको त्यो उपचारले चन्द्रप्रसादको स्वास्थ्यमा सामान्य सुधार भएको थियो ।

घर आएर पुनः भारत नै काम गर्न पुगेका चन्द्रप्रसादलाई फेरी समस्या देखियो । एकातर्फ कोभिड १९ को महामारी र अर्को तर्फ चन्द्रप्रसादलाई बल्झेको बोनम्यारोको समस्याले घरमा समेत सुख शान्ति हरायो, उता चन्द्रप्रसादलाई पनि छटपटिनु प¥यो । उपचारका लागि लाखौ खर्च भैसकेको चन्द्रप्रसादसँग अव कुनै सम्पती बाँकी थिएन खर्च गर्न ।

लकडाउनकै अवधीमा दाङ फर्किएर दुन्द्राकै स्कुलमा क्वारेन्टाईन बसेका चन्द्रप्रसादको अवस्था झन झन नाजुक बन्दै गयो । ‘क्वारेन्टाईनमै ढल्ने भएपछि सबैको सहमतीमा घरमै सुरक्षित राख्ने गरेर घरमा लगियो, झन समस्या देखिएपछि घोराहीको बुद्ध हस्पिटल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि उपचारका लागि लगियो ।’ बहिनी सुनिताले भन्नुभयो, ‘उहाँले उपचारका लागि कि भारत कि काठमाण्डौ लैजानुपर्छ भन्नुभयो, बुधबार मात्रै काठमाण्डौ लगिएको छ ।’

चन्द्रप्रसादको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उपचारका लागि काठमाण्डौ त लगिएको छ, तर पैसा छैन । घरमा ९ वर्ष र ६ वर्षको दुई छोराहरु छन् । श्रीमती तुल्सीकुमारी वली साथैमा हुनुहुन्छ । घरमा उपचारका लागि आर्थिक जोहो गर्न सुनिताले सकेसम्म कोसिस गरीरहेको बताउनुभयो । ‘दुई चार कट्टा जग्गा थियो, त्यो पनि ऋणमा छ, व्यक्तिगत ऋण त झन कति हो कति ।’ सुनिताले भन्नुभयो, ‘दुःख सबैलाई पर्छ, यस्तो अवस्थामा जति सक्नु हुन्छ, सहयोग गर्न अनुरोध गर्छु ।’

चन्द्रप्रसादको उपचारका लागि सहयोग गर्न वली परिवारले अनुरोध गरेको छ । घोराहीको कुमारी बैंक घोराही सहिदमार्गमा रहेको बैंक खाता नं. १०११७३९४००१२५०१ मा सहयोग गर्न पीडित वलीको श्रीमती तुल्सीकुमारी वलीले बताउनुभयो । साथै सहयोग गर्न ईच्छुक सबैले मोबाईल फोन नं. ९८२२९९६३७४ मा सम्पर्क गर्न सक्ने परिवारले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण
  • डा. केसीका मागप्रति नेविसंघको ऐक्यवद्धता, जीवन रक्षाको माग
  • रुपन्देहीको सियारीमा लालपूर्जा वितरण
  • प्रदेश पाँचका रेडिमिक्समा १५० करोड लगानी
  • राप्तीमा स्वास्थ्यको वार्षिक समिक्षा पुर्ण उपलब्धिमा कोभिड १९ बाधक
  • वामी नमूना समाजको तेश्रो अधिवेशन जापानमा सम्पन्न
  • कोभिडबाट संक्रमण मुक्त भएकाले के–के कुरामा ध्यान दिनु पर्छ ।
  • बाढीले जिप बगाउँदा बेपत्ता भएका विद्युत प्राधिकरणका कर्मचारीको शव फेला
  • पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीनजनाको शव भेटीयो
  • चाडपर्वका बेला भारत आवतजावतमा रोक लगाइने