रोटरी लुम्बिनी स्टार्सको पदास्थापन कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

सुरज थापा मगर ,असार २६, रोटरी क्लव अफ लुम्बिनी स्टार्सको शनिबार एक कार्यक्रमको बीच बुटवल इट्टाभट्टी स्थित एसिएन पार्टी प्यालेसमा पदास्थापन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी जोन २० का ए.जी. राजकुमार गुप्ताले छोटो समयमा क्लवले राम्रो काम गरेकोमा खुसी ब्यक्त गदै यस बर्ष पनि समाजमा प्रभाव पार्ने खालका कार्यक्रम गरेमा क्लवको उचाई अझ माथी बढ्ने बताए । आफुलाई क्लवले कुनैपनि समयमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

विशिष्ठ अतिथी एजाज आलमले आफुहरुले स्पोन्सर गरेको क्लवहरुले राम्रो काम गरिरहेको र यस क्लवले अझ राम्रा कार्यक्रमहरुलाई अगाडी बढाउनेमा आफु ढुक्क रहेको बताए । स्थापना बर्षमा हरेक क्षणमा आफु सधै साथमा रहकाले र यस बर्ष पनि भरपुर सहयोग गर्ने समेत बताए ।
क्लवले सन् २०२०–२१ का लागि बाल कृष्ण पाण्डेको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । क्लवको आइपिपिमा यादव भण्डारी, प्रेसिडेन्ट इलेक्टमा सुमन बस्याल, प्रेसिडेन्ट नोमिनीमा मुक्तिराम पन्थी, उपाध्यक्षमा मोहन न्यौपाने, सचिवमा बिक्रम क्षेत्री, कोषाध्यक्षमा धुर्व कोइराला चयन हुनुभएको छ ।  त्यस्तै सह–सचिवमा सुरज थापा मगर, सह–कोषाध्यक्षमा सन्तोष पौड्याल, डाइरेक्टर चेयर एडमिनिस्ट्रेसनमा रितेश ज्ञवाली, युथ सर्भिस चेयरमा राजिव गौतम, डाइरेक्टर चेयर मेम्बरसिपमा राहुल कशौधन, डाइरेक्टर चेयर पब्लिक इमेजमा अर्जुन गिरी रहनुभएको क्लवले जनाएको छ ।

यसैगरी डाइरेक्टर चेयर सर्भिस प्रोजेक्टमा विष्णु रसाइली, डाइरेक्टर चेयर टिआरफमा अभिशेष गुप्ता, सर्जन्ट एट आम्र्समा जनक दमासे, सर्जन्ट एट आम्र्स सेकेण्डमा प्रकाश पन्थी, रोट्रयाक्ट कोर्डिनेटर चेयरमा साजन भण्डारी र इडिटरमा प्रकाश खरेल रहेका छन् ।
सोही कार्यक्रममा रोट्याक्ट क्लव अफ लुम्बिनी स्टार्सको चार्टर सेरोमोनी पनि सम्पन्न गरिएको छ । रोट्याक्ट क्लव अफ लुम्बिनी स्टार्सको अध्यक्ष बिमल ढकालको नेत्तृवमा ३५ जना नयाँ सदस्यहरुलाई चार्टर प्रमाण पत्र र रोट्याक्ट पिन लगाएर स्वागत गरिएको थियो । कार्यक्रममा जोन १२ का जेडआरआर धनन्जय बण्रवाल, रोटरी क्लव अफ बुटवल साउथका अध्यक्ष प्रेम भुर्टेल, रोटरी क्लव सेन्टल बुटवलका अध्यक्ष बाबुराम भट्टराई, रोटरी क्लव सेन्टल बुटवलका निवर्तमान अध्यक्ष राजेन्द्र कार्की, रोटरी बर्ष २०१९–२० जोन १६ का ए.जी. इन्द्र रिसाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

रोटरी क्लव अफ लुम्बिनी स्टार्सको संस्थापक अध्यक्ष यादव भण्डारीले नव निर्वाचित अध्यक्ष बाल कृष्ण पाण्डेलाई कलर लगाएर पदहस्तारण गरेका थिए । कार्यक्रममा रोटरी बर्ष २०२०–२१ को क्लव डारेक्टरीको विमोचन पनि गरिएको थियो । कार्यक्रम क्लवका प्रेसिडेन्ट इलेक्ट तथा कार्यक्रम संयोजक सुमन बस्यालको स्वागत, रोटरी बर्ष २०२०–२१ का सचिव बिक्रम क्षेत्रीको धन्यवाद तथा रोटरी बर्ष २०१९–२० का सचिव मुक्तिराम पन्थीको सञ्चालनमा सम्पन्न भएको हो ।