गणेश समाज सुधार समितिको अध्यक्षमा शंकर गौतम

प्रकाशित मिति:

दाङ, असार २७ । दाङको घोराही उपमहानगरपालिका वडा नं १५ भरतपुरमा रहेको गणेश समाज सुधार समितिको अध्यक्षमा शंकर गौतम सर्वसहमतिले चयन हुनु भएको छ ।

समितिको आज शनिवार सम्पन्न साधारणसभाले अध्यक्षमा गौतम सहित ११ सदस्यीय समिति आमसहमतिबाट चयन गरेको हो । नव गठित समितिको उपाध्याक्ष टंकेश्वर सुवेदी, सचिवमा निर्मल गौतम, सहसचिवमा शरदकुमार आचार्य र कोषाध्याक्षमा भूपता बिसी चयन हुनु भएको छ । समितिको सदस्यहरुमा गोदावरी श्रेष्ठ,राधा पोख्रेल, सुष्मा शर्मा, विश्वम शाही, ढुण्डिराज पोख्रेल र देविराम घर्ति मगर चयन हुनु भएको छ ।

समितिका अध्यक्ष दामोदर खनालको सभापतित्वमा भएको साधारणसमामा दिपक रेग्मी, प्रदिप अर्याल, भगिरथ अधिकारी, शिशिर अधिकारी, हेमराज अधिकारी लगायतकाले बोल्नु भएको थियो । साधारणसभामा बोल्ने बक्ताहरुले समितिको ब्यवस्थानमा हाल सञ्चालनमा रहेको गणेश मन्दिरलाई थप प्रभावकारी रुपमा अघी बढाउनुपर्नेमा जोड दिएका छन ।