लायन सिर्जनशील कलव द्धारा भैरव मन्दिर परिसरमा वृक्षारोपण

२७ असार २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया
13 Shares


बुटवल। सामाजिक गतिविधीमा कृयासील लायन सिर्जनशील कलव ले वर्ष२०१९।२० मा गरेका कार्यलाइ निरन्तरता दिदै बर्ष २०। २१का अध्यक्ष बिमला गैरेको अध्यक्षता र डिष्ट्रिक कोडिनेटर पुरुषोत्तम प्रधानङ्गको प्रमुख अतिथ्यतामा बुटवल १३को भैरव मन्दिर परिसरमा वृक्षारोपणविरुवा रोप्ने कार्य आज सम्पन्न भएको छ ।

कार्यक्रममा १०० बढी बिरुवाहरु रोपिएको लायन सिर्जनशील कलवका अध्यक्ष गैरले जानकारी दिनुभयो ।उहाले हरियालीयुक्त, स्वच्छ र हराभरा बनाउने उद्देश्यले बृक्षारोपण लाई प्राथमिकता दिएको बताउनुभयो ।वृक्षारोपणसँगै बिरुवाको संरक्षण महत्वपूर्ण हुने भएकाले हरेक घर र समुदायले बिरुवाको संरक्षणमा चासो दिनुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा प्रमुख अतिथी डिष्ट्रिक कोडिनेटर पुरुषोत्तम प्रधानङ्गले वातावरण संरक्षणका लागि वृक्षारोपणलाई प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो त्यस्तै बुटवल १३ का जनप्रतिनिधि बेद प्रसाद गैरले वातावरण संरक्षणका लगि यसक्षेत्रमो लायन शृजनशिल कलव बृक्षारोपण गरेको काम सराहनीय रहेको बताउदै शुभकामना दिनुभएको थियो ।

उक्त कार्यक्रममा शिवलाल उपध्याय शोभाखर पाण्डेय उमलाल बन्जाडे ,ओमकार अचार्य, मधुकला कुवर लगायतले शुभकामना दिनु भएको थियो ।उक्त कार्यक्रममा जितेश्वरी बन कार्यलयका सचिव नेतन गुरुगजितेश्वरी टोलका अध्यक्ष तिलसरा थापाको उपस्थिती रहेको थियो ।कार्यक्रमका सिता पौडलको स्वागत मन्तव्य रहेको थियो भने सन्चालन सरस्वती खनालले गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया