लियो क्लब अफ बुटवल मणिमुकुन्द युथको पदहस्तान्तरण

प्रकाशित मिति:

बुटवल । लियो क्लब अफ बुटवल मणिमुकुन्द युथ पदहस्तान्तरण कार्यक्रम सनिवार एक कार्यक्रम विच बुटवलमा सम्पन्न भएको छ ।

वर्ष २०१९र२०का अध्यक्ष सन्तोष खरेलले वर्ष २०२०र०२१का अध्यक्ष केशव पराजुलीलाई पद हस्तान्तरण गरेका थिए भने कार्यवाहक सचिव अनुप थापाले वर्ष २०२०र०२१का सचिव अमृत वस्याललाई माईन्युट हस्तारण गरेका थिए ।सो अबसर मा आफ्नो कार्यकालमा भयका विभिन्न कार्यक्रम को बारेमा अध्यक्ष सन्तोष खरेलले जानकारी गरायका थिए ।

कार्यक्रममा प्रमुख अथिती लायन्स क्लव अफ बुटवल मणिमुकुन्द युथका संस्थापक अध्यक्ष एवं लायन्स डिस्टिक डिपार्टमेन्ट चिफ कमल थापा क्षेत्रीले क्लवको गतिविधिलाई सामाजिक सेवासंग जोडेर लैजान सुझाव दिए । उनले लायन्स अभियानमा लियोको महत्वपूर्ण भूमिका रहेको बताउदै भूमिकालाई अझै वढाउनु पर्ने बताए ।

कार्यक्रममा बिशिस्ट अथिती लायन्स क्वल अफ बुटवल मणिमुकुन्द युथका अध्यक्ष यदुमणी पोख्रेलले लायन्स र लियो मिलेर क्वलको सामाजिक कार्यलाई अझै उचाईमा लैजान सकिने बताए । लियोका अध्यक्ष पराजुलीले क्लबले स्वास्थ्य क्षेत्रमा महत्वपुर्ण कार्य गरेको बताउदै आगामी कार्ययोजनामा स्वास्थ्य शिक्षामा क्वलले प्राथमिकता दिने प्रतिवद्धता जनाएका थिए ।