पहिरोले सात घर बगाउँदा संखुवासभामा ११ जना बेपत्ता

प्रकाशित मिति:

संखुवासभा/ लगातारको बर्षापछि संखुवासभाको सिलिचोङ गाउँपालिका–१ मा सात घर पहिरोले बगाएको छ ।सिलिचोङ–१ सिसुवाखोलामा गए राति पहिरो ले घर बगाउँदा ११ जना बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । लगातारको बर्षाका कारण पहिरो जाँदा सात घर बगाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिएका छन् ।

त्यस क्षेत्रमा अहिले पनि भारी बर्षा भइरहेको सिलिचोङ गाँउपालिकाका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिएका छन् । भारी बर्षा र ठाउँ–ठाउँमा गएको पहिरोका कारण अझैसम्म घटनास्थलमा प्रहरी पुगेको छैन । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।नयाँ पेज