नेविसंघद्वारा आयल निगम घेराउ

२८ असार २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया
104 Shares


काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघले पेट्रोलिमय पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग राख्दै नेपाल आयल निगम घेराउ गरेको छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग राख्दै नेविसंघले आइतबार बबरमहलस्थित आयल निगम घेराउ गरेको हो ।

कोरोना महामारीले उत्पन्न गरेको संकटका बेला पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर जनतालाई थप संकटमा धकेलेको विरोधमा निगम घेराउ गरिएको नेविसंघले जनाएको छ ।चार दिनअघि मूल्यवृद्धि घटाउनुपर्ने माग राख्दै बुझाइएको ज्ञापनपत्रको सुनुवाइ नभएकाले आयल निगम घेरा गर्दै एक घण्टा धर्नामा बसेको नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए । उनले माग सुनुवाइ नभए नेविसंघ थप सशक्त आन्दोलन गर्न बाध्य हुनेसमेत चेतावनी दिए ।

अर्का महामन्त्री युवराज पाण्डेले विपतको समयमा जनतालाई राहत, सहुलियत र सहयोग गर्नुपर्नेमा सरकारले पेट्रोलियम पदार्थमा बारम्बार मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरिरहेको आरोप लगाए । उनले कमिसन र भ्रष्टाचारमा डुबेको सरकारलाई सचेत गराउन जनदबाब निर्माण गर्ने उद्देश्यले आयल निगम घेराउ गरिएको बताए ।नेविसंघले आयल निगमभित्र भइरहेको अनियमितताको छानबिन गरिनुपर्ने, विभिन्न शीर्षकमा उठाइने गरेको रकमको पारदर्शिता र औचित्य पुष्टि गर्नुपर्ने र स्वचालित मूल्य प्रणालीअनुसार मात्रै पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने माग राख्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • मदानेमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पछाईँलाई स्वागत !
  • आज शुक्रबारको राशिफल
  • हिमालयन बैंकको वितरणयोग्य नाफा ३५५ ले घट्यो
  • रुसले बनाएको कोरोनाविरुद्धको खोप भेनेजुएला र फिलिपिन्‍सले प्रयोग गर्ने
  • बैंकका कर्मचारीलाई कोरोना लागे सम्पूर्ण खर्च बैंकले नै बेहोर्नुपर्ने
  • नविल बैंकको घररजग्गा कर्जा अफरः ७: ९ प्रतिशत ब्याजदरमै ऋण…
  • माछापुच्छ्रे बैंकले भित्र्यायो विइ च्याट वालेट
  • समपूर्ण युवा क्लबको प्रथम अधिबेशन सम्पन्न, डिम(अशोक) बहादुर पुनको संयोजकत्वमा…
  • सुरक्षालाई मध्यनजर गर्दै ज्यामिरेमा अस्थाई प्रहरी पोष्टको स्थापना
  • पश्चिम नवलपरासीको बर्दघाटकि एक युबतीमा कोरोना पुष्टि