रुसमा कोरोना खोपको क्लिनिकल परीक्षण सफल

२८ असार २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया
112 Shares


काठमाडौं । रुसको सेचेनोभ युनिभर्सिटीले स्वयंसेवकहरुमा सफलतापूर्वक कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोपको क्लिनिकल परीक्षण गरेको बताएको छ ।

इन्स्टिच्युट फ ट्रान्सलेसनल मेडिसिन एण्ड बायोटेक्नोलोजीका निर्देशक वादिक तारासोभले विश्वको पहिलो कोरोना भाइरसविरुद्धको खोपको सेचेनोभ युनिभर्सिटीले सफलतापूर्वक परीक्षण सम्पन्न गरेको दावी गरेका छन् |

यो खोप रुसको गामालेई इन्स्टिच्युट अफ इपिडिमियोलोजी एण्ड माइक्रोबायोलोजीले निर्माण गरेको हो । यसको क्लिनिकल परीक्षण गत जुन १८ देखि शुरु गरिएको थियो । यो परीक्षणमा सहभागी स्वयंसेवकहरुको पहिलो समूहलाई बुधबार डिस्चार्ज गरिनेछ भने दोस्रो समूहले जुलाई २० मा डिस्चार्ज हुनेछन् ।

सेचेनोभ युनिभर्सिटीका एक वरिष्ठ अधिकारी एलेक्जेन्डर लुकासेभले यो चरणको परीक्षण खोप सुरक्षित रहेको पुष्टि गर्न गरिएको र आफूहरुले यो परीक्षण सफलतापूर्वक सम्पन्न गरेको बताए । ‘खोप सुरक्षित रहेको पुष्टि भएको छ । अहिले बजारमा रहेका अन्य खोपमा जस्तै सुरक्षाको प्रत्याभूति यसमा छ’, उनले भने ।

खोपको थप विकासको योजना निर्माताको रणानीतिअनुसार यसअघि नै निर्धारण भइसकेको बताइएको छ । वादिक तारासोभका अनुसार यो खोप प्रिक्लिनिकल अध्ययन र प्रोटोकल विकासजस्ता चरण पार गर्दै अहिले क्लिनिकल परीक्षणको क्रममा छ ।

स्रोत, एएनआई / स्पुतनिक

@onlinekhabar

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • मदानेमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पछाईँलाई स्वागत !
  • आज शुक्रबारको राशिफल
  • हिमालयन बैंकको वितरणयोग्य नाफा ३५५ ले घट्यो
  • रुसले बनाएको कोरोनाविरुद्धको खोप भेनेजुएला र फिलिपिन्‍सले प्रयोग गर्ने
  • बैंकका कर्मचारीलाई कोरोना लागे सम्पूर्ण खर्च बैंकले नै बेहोर्नुपर्ने
  • नविल बैंकको घररजग्गा कर्जा अफरः ७: ९ प्रतिशत ब्याजदरमै ऋण…
  • माछापुच्छ्रे बैंकले भित्र्यायो विइ च्याट वालेट
  • समपूर्ण युवा क्लबको प्रथम अधिबेशन सम्पन्न, डिम(अशोक) बहादुर पुनको संयोजकत्वमा…
  • सुरक्षालाई मध्यनजर गर्दै ज्यामिरेमा अस्थाई प्रहरी पोष्टको स्थापना
  • पश्चिम नवलपरासीको बर्दघाटकि एक युबतीमा कोरोना पुष्टि