ब्राजिलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ७२ हजार नाघ्यो

प्रकाशित मिति:

काठमाडौं / ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा मृत्यु हुनेको संख्या ७२ हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा थप ६५९ जनाको मृत्यु भएसँगै ब्राजिलमा मृत्यु हुनेको संख्या ७२ हजार १५१ पुगेको हो ।

ब्राजिलमा एकै दिन २५ हजार ३६४ जनामा संक्रमण पुष्टि भएको छ । सोमबार बिहान यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या १८ लाख ६६ हजार १७६ पुगेको छ ।अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्म १२ लाख १३ हजार ५१२ जना संक्रमणमुक्त भएका छन् भने ५ लाख ८० हजार ५१३ जनाको उपचार भइरहेको छ ।खबरहब