आज २०७ औँ भानु जयन्ति नेपाली साहित्यमा महत्वपूर्ण दिन 

२९ असार २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


आज आदिकवि भानुभक्त आचार्यको जन्म दिन । बिसं १८७१ मा अहिलेको तनँहु जिल्लाको चुँदी रम्घा भन्ने ठाँउमा जन्मनु भएका आदिकवि आचार्यको २०७ औँ जन्म जयन्ति बिभिन्न कार्यक्रम गरी स्मरण गरिँदै छ ।

विगतका बर्षहरुम स्कुल, विद्यालय, कलेज र बिभिन्न साहित्यिक संस्थाले बिभिन्न कार्यक्रम गरी भानुभक्तलाई सम्झना गरे पनि यस बर्ष कोरोनाका कारण घरघरबाटै भानुभक्तलाई सम्झने काम भइरहेको छ ।यस्तै सामाजिक संजालबाट समेत उहाँलाई सम्झने काम भएको छ । भानुभक्तका रामायण, बधुशिक्षा, प्रश्नोत्तरी लगायतका बिभिन्न कृतिहरु चर्चित छन् । उहाँ भाषाको एकिकरणको जननी पनि हुनहुन्छ ।नेपाली भाषाका प्रथम कवि यिनै भानुभक्त हुनहुन्छ, जसले भावनाको मर्मलाई नेपाली भाषा र शब्दको मानचित्रमा अभिब्यक्त गर्नुभएको थियोत्यसैले पनि भानुभक्तलाई आदिकवि भनिन्छ ।

भानुभक्तले उतिबेला सम्पूर्ण रामायणलाई नै संस्कृतबाट सरल नेपालीमा लिपीबद्ध गरिदिनु भएको थियो । तयसैले पनिउहाँको विशेष सम्झना हुन्छ ।रामायणभित्र रहेका बालकाण्ड, अरन्यकाण्ड, सुन्दरकाण्ड, युद्धकाण्ड आदि काण्डका कथा, उपकथाले पाठकलाई मनोरञ्जन, सामाजिक, नैतिक र चारित्रिक शिक्षा प्रदान गरेको छ। भानुभक्तले “रामायण“का अतिरिक्त अन्य थुप्रै कृति सृजना गरेपनि उहाँ रामायणमा बाँच्नु भएको छ ।भानुभक्तको लय बिल्कुलै फरक प्रकारको छ, त्यस लय अझै पनि नेपाली जनजीब्रोमा छ ।

उहाँपश्चातका अन्य धेरै कविहरुले आजसम्म पनि आफ्ना कविताहरु वाचन गर्न यहि लयको प्रयोग गरेका छन् ।भारतमा अध्यन गरेका मोतीरामको उर्दु, फारसी लगायतका भाषामा विशेष दखल हुदाहुदैपनि नेपाली भाषा र विशेषतः भानुभक्तका कृतीहरुप्रतिको समर्पणले, नेपाली भाषाको फराकीलो दायरा र नेपालीपन उद्घघोष गर्दछ । भानुजयन्तीमा मोतीराम भट्ट छुट्न नहुने नाम हो ।मोतीरामले बिसं १९४१ मा लामोसमय भानुभक्तका बारेमा अन्वेषण र सोध गरि छपाएका जीवन चरित्रपछि भानुभक्तका बहुआयमीक रचनाहरु अझ जनमानसका सामु आउनु भएको हो । भारतीय इन्साइक्लोपेडियामा समेत भानुभक्तको खुलेर व्याख्या गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • शैक्षिक क्षेत्रमा पारेको विकराल समस्याका सवालमा सरकार संचालकहरु चिन्तित नभएको…
  • भैरहवामा मनाइयो चीनको ७१ औं राष्ट्रिय दिवस
  • नेविसंघ द्धारा तिलोत्तमा नगरपालीकाको शिक्षा शाखा शिल
  • सांसद मल्ल द्धारा विर्घाका पहीरो पिडीतलाई आर्थिक सहयोग
  • रूपन्देहीको सियारीमा मेलमिलाप सम्बन्धी प्रशिक्षण
  • अब आफ्नै ठाँउमा केही गर्नुहोस् हामी साथ दिन्छौं नगर प्रबक्ता…
  • टिम नेपो नवलपरासीद्धारा बृक्षारोपण सम्पन्न
  • नयाँ नक्सासहितको पाठ्यपुस्तकको बिक्री खुला गर्न सरकारसँग नेविसंघको माग
  • जि पि के फाउण्डेशन अमेरिकाले निशुल्क दुग्धजन्य पदार्थहरू र फ्रोजन…
  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु