वित्तिय साक्षरता सम्वन्धी अभीमुखीकरण कार्यक्रम

२९ असार २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


२८ असार,कञ्चन – कञ्चन गाउँपालिकामा एक दिने वित्तिय साक्षरता सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। बिशेषगरी आर्थिक उपार्जन र श्रम गरेर भएको आम्दानीलाई आयश्रोतको आधार निर्माण गर्न कसरी ब्यबस्थापन गर्ने भन्ने बिषयमा कञ्चनका बेरोजगार तथा निम्न आय भएकाहरुलाई बित्तिय साक्षरता सम्बन्धी अभिमुखिकरण प्रदान गरिएको हो ।

बित्तिय साक्षरता सम्बन्धी अभिमुखीकरणमा सहभागीहरुलाई सम्बोधन गर्दै गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले वित्तिय क्षेत्रमा सबैलाइ सवै कुरा जानकार नभएका कारण बचत लगानी र रेमिटान्सका वारेमा जानकारी लिएमा कार्यक्रम प्रभावकारी हुने आशा व्यक्त गर्नुभएको थियो । बित्तिय साक्षरता सम्बन्धी अभिमुखीकरणबाट नियमित आयश्रोतको आधार कसरी निर्माण गर्ने र कुनै कामबाट प्राप्त भएको आम्दानीलाई कसरी सही ठाउमा ब्यबस्थापन गर्ने भन्नेबारेमा तालिमबाट प्रभावकारी हुने अध्यक्ष क्षेत्रीले बताउनु भएको थियो ।
उपाध्यक्ष गोमा तरामुले बित्त भनेको धन यसको सदुपयोग गर्न सकेमा पछी आउने सम्स्या समाधान गर्न सहज हुने हुदा सवै समुदायहरुमा तालिम संचालन गर्नु पर्नेमा जोड दिनुभएको थियो । विदेशबाट धन कमाएर पठाएको रकम सदुपयोग हुनुपर्ने विदेशमा कमाएको रकमको घरमा फजुल खर्च हुनबाट जोगाउन विदेश बाट पठाइएको रकम कहाँ कसरी सदुपयोग अथावा दुरुपयोग भएको छ यसलाइ कसरी सदुपयोग गर्ने भन्ने विषय महत्वपुर्ण हुने साथै वित्तीय चेतना गरिबहरुलाई गरिबीबाट मुक्ति दिलाउन मात्र आवश्यक छ भन्ने बुझिनु गलत हुने उपाध्यक्ष तरामुले उल्लेख गर्नु भएको थियो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थीले उचित वित्तीय शिक्षाले मात्र उद्यम व्यवसायका सम्भावित जोखिमबाट बच्न वा जोखिमलाई न्यूनीकरण गर्न सम्भव हुने बताउदै वित्तीय साक्षरताको सवालमा बालबालिकाहरुलाई अहिलेदेखि नै अर्थ तथा वित्त सम्बन्धि असल संस्कार, बानीव्यहोरा, आचरण सिकाउन थालेमा भोलीका दिनमा उनीहरुबाट परिवार, समाज र राष्ट्रले राम्रो प्रतिफल पाउने कुरामा विश्वस्त हुन सकिने बताउनु भएको थियो ।कार्यक्रममा ५ वटै वडामा कार्यरत सामि परीयोजनामा काम गरेका कर्मचारीहरु, वडा अध्यक्षहरु, कञ्चन गाउँपालिकाका कर्मचारी र विदेशबाट फर्किएका स्थानियहरुको सहभागीत रहेको अभिमुखीकरण कार्यक्रममा प्रमुख प्रशिक्षकको रुपमा प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थी, प्रशिक्षक तथा लेखा अधिकृत सन्तोष गैरे र रोजगार संयेजक इश्वरी ज्ञवालीले सहजीकरण गर्नु भएको थियो । प्रशिक्षकहरुले वित्तीय साक्षरता के हो,यस भित्र के के कुराहरु पर्छन् वित्तीय साक्षरता कसको लागि आवश्यक, वित्तीय साक्षरता आवश्यकता र महत्व, वित्तीय चेतना र उद्यमशीलता, मुलुकको अर्थतन्त्र, बचत, के वाइ सी का बारेमा प्रशिक्षण दिनुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया