सिटिजनद्धारा मृत्यु दावी भुक्तानी !

२० कार्तिक २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया


कात्तिक २०,बुटवल /सिटिजन लाइफ इन्स्योेरेन्सले रुपन्देहीको मणीग्राममा एक कार्यक्रमका बीच मृत्यु दावी भुत्तानी वापतको चेक हस्तान्तरण गरेको छ । सिटीजन इन्स्योरेन्सबाट जिवन विमा गरेका तुल्सीराम भण्डारीको मृत्यु भएपछि उनको परिवारलाई सो दावी भुक्तानी गरेको हो ।

रुपन्देहीको तिलोत्तमा नगरपालीका ९ मा बसोबास गर्दै आएका भण्डारीको गत भदौमा हृदयघातका कारण मृत्यु भएपछि इन्स्योरेन्सले ३ लाख रुपैयाको चेक हस्तान्तरण गरेको हो । चेक हस्तान्तरण गर्दै सिटीजन लाइफ इन्स्योरेन्सका बुटवल शाखा प्रबन्धक दुर्गा ढकालले बाल भविष्य विमा योजना अन्र्तगत विमा गरिएकी भण्डारीको ७ बर्षिय छोरी पार्वती भण्डारीको १५ बर्ष सम्म मासिक ५००० का दरले शैक्षिक खर्च बाल भविष्य योजना अन्र्तगत इन्स्योरेन्सले प्रदान गर्ने बताए ।

दावी भुक्तानीको चेक ग्रहण गर्दै मृतककी पत्नी माया भण्डारीले जिवन विमा गरेका कारण इन्स्योरेन्सले छोरीको १५ वर्ष सम्मको पढाई खर्च व्यवहोरी दिने भएपछि लालनपालनमा आफुलाई केही सहज महसुस हुने बताईन ।

चेक हस्तान्तरण गर्दै इन्स्योरेन्सका क्षत्रिया शाखा प्रबन्धक सुनिल पोख्रेलले जिवन विमाले अकालमा ज्यान गुमाउनु परेको परिवारले आफ्नै बचतबाट प्राप्त रकमले परिवारमा मृत्यु पश्चात पनि राहत महसुस गर्न पाउने भएकोले पनि जिवन विमा अपरिहार्य रहेको बताए । कार्यक्रममा तिलोतमा वडा नम्बर ९ का वडा अध्यक्ष नारायण न्यौपानेले घरमै पुगेर विमा रकम उपलब्ध गराएको भन्दै इन्स्योरेन्सलाई धन्यवाद दिए ।

वि.सं २०७४ साल देखी संचालनमा आएको सिटिजन लाइफ इन्स्योरेन्सले २० वटा घातक रोगहरुको रक्षावरण गर्नुका साथै सबै भन्दा धेरै चुक्ता पुजिका साथ संचालनमा रहेको पुर्ण चन्द्र सुवेदीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया