१२० वटा बाख्रा पाठा वितरण

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली असार २९, मसुरीयाँ देउखुरी दाङ, राप्ती गाउँपालिकामा पशु सेवा शाखा तथा मुख्यमन्त्रि ग्रामिण विकास कार्यक्रम अन्तरगत १२० वटा बाख्रा पाठा वितरण गरिएको छ । जमुना पारी क्रस तथा ८ वटा बोयर जातका पाठा सहित कुल १२० पाठा निशुल्क रुपमा वितरण गरिएको हो ।विपन्न परिवारका सदस्यहरुको ८ वटा समुह निर्माण गरि समुह मार्फत वडा नं १, २, ३ र ४ मा आय आर्जन बृद्धिका लागि बाख्रा पाठा वितरण गरिएको पशु सेवा प्राविधिक शेर बहादुर हमाल रिजालले जानकारी दिनुभएको छ ।

गाउँपालिकाको तर्फवाट १२० बाख्राको विमा समेत गरिएको बाख्रा वितरणमा शाखा प्रमुख राज विक्रम चौधरी, पशु सेवा प्राविधिक शेर बहादुर हमाल रिजाल, मुख्यमन्त्रि ग्रामिण विकास कार्यक्रमका राप्ती संयोजक टिका बस्नेत, पशु स्वास्थ्य प्राविधिक कमल पुल मगर, नायव पशु स्वास्थ्य प्राविधिक हिमा बस्नेत, कर्मचारी नारायण चौधरी लगायतको सहभागीता रहेको थियो । आगामी दिनमा पशु सेवा शाखाको तर्फवाट वितरित बाख्रालाई भिटामीन तथा औषधि वितरण गर्ने योजना रहेको समेत पशु सेवा प्राविधिक शेर बहादुर हमाल रिजालले जानकारी दिनुभएको छ ।