काठमाडौंमा मयूर यातायातको सेवा सुरु

प्रकाशित मिति:

काठमाडौं, असार २९ :  काठमाडौंमा मयूर यातायात कम्पनीले सेवा सुरु गरेको छ। कम्पनीले काठमाडौंदेखि धुलिखेल(पनौती रुटमा दुई वटा बस चलाएको छ भने रिंगरोडमा ४ वटा बस चलाएको छ।

सरकारले तोकेको मापदण्डअनुसार सेवा सुरु गरिएको कम्पनीले जनाएको छ। एक पंक्तिको एउटा सिटमा एक जना मात्रै राख्ने र ५० प्रतिशत बढी भाडा लिने गरी सेवा सुरु गरेको हो। बसमा यात्रुलाई मास्क अनिवार्य गरिएको छ। गाडी मर्मतको काम भइरहेकोले अबका केही दिनमा २० देखि २२ वटासम्म बस चलाउने कम्पनीले जनाएको छ।सरकारले असार २६ गतेदेखि उपत्यकाभित्र सार्वजनिक सवारी खुला गरेपनि चल्न सकेको थिएन।