बुटवल, २९ असार । लुम्बिनी प्रादेशिक अस्पतालसंग वार्षिक आय व्यय विवरण र कर्मचारी दरबन्दी लगायतका विषयमा सूचना माग गरिएको छ ।
सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ र नेपालको संविधानको धारा २७ ले दिएको अधिकार अनुसार अस्पतालसंग सम्बन्धीत ६ वटा क्षेत्रका विस्तृत विवरणका लागि संविधान सभा सदस्य विनोद पहाडी, अधिवक्ता पदम कार्की र पत्रकार टोपराज शर्माले सूचना माग गरेका हुन् । सार्वजनिक सरोकारको विषय भएकाले अस्पतालका विविध पक्षमा नागरिकलाई सुसूचित गराउन सूचना माग गरिएको संविधान सभा सदस्य पहाडीले बताए ।