पुनम र नमराजको ‘आरम गर ओली’ले तहल्का पिट्दै

प्रकाशित मिति:

बुटवल – नेपाली हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा विभिन्न कलाकारहरुको आवाजमा तीज गीत बजारमा आउने क्रम जारी छन । यसै क्रममा ठट्यौली तीज गीत ”आरम गर ओली” बजारमा आएको छ ।

गायक नमराज पाण्डेले गरिब दु:खि जनताका पिडाहरु लाई समाबेस गरि नेपाली राजनीतिलाई गहकिलो रुपमा प्रहार गर्ने उदेश्यले गीत रिलिज गरेका छन् । नमराज पाण्डेको लय तथा शब्दमा गायिका पुनम सुनार ,नमराज पाण्डे , सरु बन्जाडे, अनिश खड्काको आवाज रहेको छ ।

नमराज पाण्डेको निर्देशनमा तयार पारिएको उक्त गीतको म्युजिक भिडियोमा हिमाल पाण्डे ,युवराज पन्त ,नमराज पाण्डे ,अनिश खड्का, कमला थापा क्षेत्री ,प्रेम सागर ,लगायतको अभिनय रहेको छ भने छायांकन तथा सम्पादन अनिश खड्काको रहेको छ । त्यस्तै गितलाई स्वाभिमान क्रियशनले बजारमा ल्याएको छ ।
हेर्नुहोस भिडियो : –

https://youtu.be/rKX7s7lhwQ4