दिपावलीको अवसरमा प्रेस युनियनको शुभकामना र देउसी भैलो !

प्रकाशित मिति:

बिकास गौतम ,कात्तिक २० बुटवल । 
नेपालीहरुको दोस्रो ठुलो चाड दिपावलीको अवसरमा नेपाल प्रेस युनियनले शुभकामना आदान प्रदान तथा देउसी भैलो कार्यक्रम गरेको छ । युनियनले रुपन्देहीको तिलोत्तमाा र सैनमैनामा आज छुट्टाछुट्टै शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो । नेपाली काग्रेस तिलोत्तमा र सैनामैन नगरसमितीको संयोजन तथा नेपाल प्रेस युनियनको आयोजनामा भएको शुभकामना कार्यक्रममा बोल्ने बत्ताहरुले चाड पर्व र सस्कृति बिकृत तर्फ उन्मुख भएकोले सस्कृतिको जर्गेना गर्दै अगाडी बढ्न पर्ने अहिलेको आवश्यकता रहेको उल्लेख गरे । उनीहरुले सस्कृतीको जर्गेना गर्ने कार्यमा पत्रकारहरुको महत्वपुर्ण भुमिकाा रहेको बताए ।

तिलोत्तमाा आयोजीत शुभकामना कार्यक्रममा बोल्दै पुर्व राज्यमन्त्रि तथा नेपाली काग्रेस रुपन्देहीका सभापती अ्ब्दुल रज्जाकले सस्कृतीको जर्गेना र विकासको लागी पत्रकारहरुले कलम चलाउनु पर्ने आवश्यकता रहेको औल्याउनु भयो । कार्यक्रममा बोल्दै उहाले संचार क्षेत्र राज्य र समाजको ऐना भएको उल्लेख गर्दै पत्रकारलाई प्रतिपक्षको भुमिका रहेर खवरदारी गर्न आग्रह गर्नु भयो । उहाले राज्यको माथिल्ला तह देखी तल्लो निकाय सम्म भए गरेका हरेका कृयाकलापमा पत्रकारले प्रतिपक्षको भुमिका निर्वाह गर्नु पर्ने बताउनु भयो ।

त्यस्तै सैनामैनामा आयोजीत कार्यक्रममा शुभकामना व्यक्त गर्दै नेपाली कााग्रेस रुपन्देही जिल्ला उपसभापती फणिन्द्र शर्भाले नेपाली काग्रेसको स्वेच्छिक सस्था रहेकोले नेपाल प्रेस युनियन भएकाले यसलाई मजबुत बनाउन आवश्यक रहेको बताउनु भयो । प्रेस युनियनमा आवद्ध रहेको पत्रकारहरुको क्षमता अभिबृद्धि गर्दै समाजमा भए गरेका हर क्रियाकलापमाा कडा निगरानी राख्दै खवरदारी गर्न पत्रकारहरुलाई आग्रह गर्नु भयो ।

कार्यक्रममा पुर्व जिल्ला सभाापति रामचन्द्र ढकालले सुसान र लोकतन्त्रलाई बलियो बनाउदै संघियता सफल बनाउनको लागी पत्रकारले सधै खवरदारी गरिरहनु पर्ने उल्लेख गर्नु भयो । उहाले लोकतन्त्रलाई बलियो बनाउन लागी प्रेस युनियले विगत देखी निरन्तर रुपमा कलम चलाउदै आएको बताउदै आगामी दिनमा थप सशत्त भएर स्थानीय देखी केन्द्रिय सरकार सम्मले गरेका हरेका क्रियाकलापमाा खवरदारी गर्नु पर्ने बताउनु भयो ।

नेपाल प्रेस युनियन रुपन्देही जिल्ला सभापति रेखा भुषालको सभाापतित्वमा भएको कार्यक्रममा नेपाली काग्रेस रुपन्देही जिल्ला सचिव रामकृष्ण खाण, प्रदेश सभा सदस्य पुष्पा चौधरी तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे, सैनामैना नगर सभापति राम प्रसाद अधिकारी, तिलोत्तमा उद्योग वाणिज्य संघका महासचिव कमल कडेल लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो । छुट्टाछुट्टै ठाउमा भएको कार्यक्रममा नेपाल प्रेस युनियन रुपन्देहीका पुर्व सभापतिद्धय छवि पाण्डे, खिमानन्द भट्टराई, उपसभापत कबिन्द्र नेपालले युनियनको विगतको अवस्था लगायत कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रमको संचालन सहसचिव कल्पना तिवारी र कृष्ण भण्डारीले गर्नु भएको थियो ।