मुक्तक

प्रकाशित मिति:

इज्जत कँडेल,बुटवल,

१. कान्छी तिम्रो सबै रहर बदल्न सक्छु ।
अनि यो सहर बदल्न सक्छु ।।
कमजोर ठान्ने कोसिस नगर है मलाई ।
तिम्रो नाम पछिको थर बदल्न सक्छु ।।

२. धेरै नगर चुरी फुरि पर्ख न ठुली जानेको छु ।
कति बस्छौ माईतैमा तर्कन ठूली जानेको छु ।।
जिस्काउदै मेला पात हुन्छौ तिमी पधेरीमा ।
आउँछौ नी यही घरको बाटो पर्खन ठूली जानेको छु ।।

३. तिमी पल्सरमा चढी हिडौली ।
म कार लिएर हिड्छु ।।
तिमी मन्त्री बनौली प्रिय ।
म सरकार लिएर हिड्छु ।।

लेखक यही सबल पोस्ट डट कमका संवाददाता हुन |