नक्सामा हक कायम गरौँ , अयोध्यामा ध्यान नमोडौँ :  प्रवक्ता शर्मा

प्रकाशित मिति:

काठमाडौं, असार – प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रधानमन्त्रीलाई दुई कर्तव्यहरु सम्झाएको छ। सोमबार भानु जयन्तीको अवसरमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको तत्कालीन दुई कर्तव्य, कोरोना र कालापानी भएका बताएका हुन्।

प्रवक्ता शर्माले फेसबुकमा लेखेका छन्, प्रधानमन्त्रीको तत्कालीन दुई कर्तव्य, कोरोना र कालापानी १। हृदयमा छँदै छन् राम, चिन्ता राजु सदाहरूको गरौँ  २। अयोध्यातिर ध्यान नमोडौँ, संसदबाट हक कायम गर्न गम्भीर कूटनीतिक पहल थालौँ १ सम्झाउने कर्तव्य हाम्रो, बुझाउने जिम्मेवारी नेकपाको – प्रधानमन्त्रीले तथ्य र आधार बिना भगवान् रामको जन्म पर्सा जिल्लाको अयोध्यापुरीमा भएको दाबी गरेपछि सर्वत्र आलोचना हुन थालेको छ।