विदेशी विद्यार्थीलाई डिपोर्ट गर्ने अमेरिकाको निर्णय फिर्ता

प्रकाशित मिति:

काठमाडौं – विदेशी विद्यार्थीलाई डिपोर्ट गर्ने निर्णय अमेरिकाले फिर्ता लिएको छ ।राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले पूर्ण रुपमा अनलाइन कक्षा रहेका विदेशी विद्यार्थी अमेरिका बस्न नपाउने नियम ल्याएको एक साता नबित्दै उक्त निर्णय फिर्ता गरेको हो ।

ट्रम्प प्रशासनको उक्त निर्णयको चौतर्फी आलोचना भएपछि अमेरिकाको इमिग्रेसन एण्ड कस्टम्स इनफोर्समेन्ट ९आइसीइ० ले उक्त निर्णय फिर्ता लिइएको जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

अमेरिकाले गत हप्ता पठन–पाठन पूर्ण रुपमा अनलाईन गरेका विश्वविद्यालयमा अध्ययनरत विदेशी विद्यार्थी यो शरद ऋतुमा अमेरिका बस्न नपाउने नीति सार्वजनिक गरेपछि हार्वर्ड विश्वविद्यालय र मासाचुसेट्स इन्स्टिच्युड अफ टेक्नोलोजी ९एमआइटी० ले मुद्दासमेत दायर गरेका थिए । सरकारले निर्णय फिर्ता लिएसँगै उक्त मुद्दा पनि सहमतिमा टुंगिएको मासाचुसेट्सका जिल्ला न्यायाधीश एलिसन बुरोजले बताएकी छन् ।सहमति अनुसार गएको मार्चमै लागु भएको नियम कार्यान्वयनमा हुनेछ । जसअनुसार विदेशी विद्यार्थी कानूनी रुपमा अमेरिकामै रहेर अनलाइनबाट पनि कक्षा लिन सक्ने द न्यूयोर्क टाइम्सले जनाएको छ ।खबरहब